Saturday October 23, 2021

पर्यटन व्यवसायीहरुको दोश्रो विश्व मेलामा पर्यटन मन्त्री भट्टराई लण्डन आउदै, एनआरएनयुकेसंग अन्तर्कृया पनि हुने

१५ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 3461


पर्यटन व्यवसायीहरुको दोश्रो विश्व मेलामा पर्यटन मन्त्री भट्टराई लण्डन आउदै, एनआरएनयुकेसंग अन्तर्कृया पनि हुने

शीतलपाटीन्युज डटकम।

लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन नमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन् । नेपाली दूतवास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार भट्टराई ५ दिने सरकारी भ्रमणको लागि शनिवार लण्डन आउन लागेका हुन् । मन्त्रि भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यहाँस्थित सरकारी अधिकारीहरुसंग समेत छलफल गर्ने भएका छन् ।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आउन लागेका हुन्। एक साता लामो भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी ५ नोभेम्वर मंगलवार दुतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा समेत सहभागी हुने छन् ।

आउँदो सातादेखि लण्डनमा शुरु हुन लागेको वल्ड ट्राभल मार्ट कार्यक्रम नेपालको पर्यटन बिकासमा प्रबर्धन गर्ने राम्रो अवसर भएको कुरा एक नेपाली पर्यटन व्यवसायी विराज भट्टले जनाएका छन्। ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक भट्टका अनुसार एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भाग लिन नेपालबाट पर्यटन मन्त्रीको नेतृत्वमा एउटा टोली लण्डन आउँदैछ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरु पनि सो मेलामा भाग लिंदैछन् ।
वल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो। मन्त्री भट्टराईले वेलायत भ्रमणको क्रममा यहाँस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया कार्यक्रम गर्ने गैरआवासीय नेपाली संघ युकेले जनाएको छ। संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार संघले मन्त्री भट्टराईको उपस्थितीमा आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा एक अन्तरक्रियाको आयोजना गर्ने तयारी गरेर समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरू र एनआरएन अभीयन्ताहरूलाई निमन्त्रणा गरेको छ।
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Designation’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared aside settlers around many a firing in Aeternum. He waved to a expressionless butt beside us, and I returned his gesture with a nod. He filled a glass and slid it to me across the stained red wood of the bench first continuing. “As a betting man, I’d be delighted to wager a adequate piece of coin you’re in Ebonscale Reach for more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my in to the bend slung across my back. https://images.google.com.sg/url?source=imgres&ct=img&q=https://renewworld.ru/budet-li-russkiy-yazyk-v-new-world/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?