Sunday December 15, 2019

म किन गरीब छु भन्ने एक गरिबको प्रश्नमा भगवान गौतम बुद्धले दिनु भएको यस्तो जवाफ जुन सुन्दैमा धनी बनिन्छ

१८ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1228



साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो ।

भगवान ‘म किन गरीब रु’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले ।


मानिसहरु गौतम बुद्धकोमा आ(आफ्ना दुस्ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे । म किन गरीब रु त्यसैक्रममा एक दुस्खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो ।

मानिसहरु पालैसँग एक एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो ।

उसले बुद्धलाई प्रणाम गर्‍यो अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, म किन गरीब रु’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’ उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्‍यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई १ मसँग केही छैन ।

बडो मुस्किलले बिहान९बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ ।

यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ रु गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’ त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो ।

त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ । यो पनि हेर्नुहोस्, भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् ।

अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।

पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी मा भएको थियो । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए।

तर पनि उनी सदा संसारमा व्याप्त दुस्खको कारण र त्यसको निवारण के होला रु भनी चिन्तित रहन्थे। यही दुस्ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे।

अन्ततस् कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

जन्म र नामकरणसिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् ।

त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्यकुलको रिति अनुसार पाँचौं दिनमा त्रिवेदले पारंगत १०८ ब्राह्मणहरूलाइ निमन्त्रणा गरी भोजना गराइ ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राम्हणहरूबाट नामाकरण गराएका थिए।

सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राम्हणहरूले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे । यहिं शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाइ पुकारियो । उनी केही ठूला भए पछि उनको विधिवत् यज्ञोपवीत संस्कार गरिएको र सिद्धार्थलाई गायत्री मन्त्र सुनाउन स्वयं विश्वामित्रलाई नै आह्वान गरिएको कुरा आर्नोल्डले द लाइट अफ् एसिया पुस्तकमा उल्लेख गरेका छन् ।

बाल्यकाल र विबाहराजर्षी सुखसयलमा हुर्किएको हुनाले उनको बाल्यकाल सुस्खद नै रह्यो भन्न सकिन्छ । जन्मँदा बित्तिकै आमा गुमाउनु परेपनि आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका गौतम बुद्ध १६ उमेर पुगेपछि उनको बिवाह यशोधरा नामकी राजकुमारीसँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।

बैराग्यता र गृहत्याग बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकी कै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छरु के कारणले बुढो हुन्छरु र के कारणले मर्छरु भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।

तपस्या र बुद्धत्त्व संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारताबाट मुक्ती पाउन चाहे । उनमा संसार प्रति कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङुर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनी साम्सारिक दुखको जड सम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुखको जड भनेको मान्छे आफै हो ।

बौद्ध धर्म उत्थानको कारणअशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे ।

यसबाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।

वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिकवादको मान्यता रहेको देखिन्छ – ब्राह्मणवाद र स्रमणवाद।ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए। स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे ।

होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधि पुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जिवनको मोहमा फस्दै गए ।

धर्मको डर, त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनेको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए ।

समाजमा हिसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो, होमाथिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो ।यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचारविमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गौतम वुद्धको जन्म भएको थियो।

बुद्धले आफ्ना शिक्षालाई धम्म९विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दुस्खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न् ।

बुद्धले दुस्ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, “भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछुस् दुस्ख र दुस्खमुक्तिको उपाय ।” बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छस् शील, समधि र पज्ञा।

शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दुस्खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ।

चार आर्यसत्यहरू यस प्रकार छन् स् दुस्ख सत्यस् दुस्ख छ भन्ने कुरा र यसको अवस्थाको बोध९दुस्खको कारण सत्यस् दुस्खको कारण आसक्ति र अन्ततस् अविद्या हो भन्ने बोध९दुस्खको निवारण सत्यस् दुस्खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार९दुस्खको निवारणको मार्ग सत्यस् दुस्खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।

धार्मिक सिद्धान्तबुद्धको केन्द्रिय दार्शनिक सिद्धान्त प्रतित्य९समुत्पाद हो। बुद्धले सम्पुर्ण आधारभुत गुणहरु अनित्य, दुस्ख र अनात्मका बारेमा प्रकास पार्नु भयो। जसलाई बुद्धको आधारभुत सिद्धान्त रुपमा चिनिन्छ।

महापरिनिर्वाण ९मृत्यु०संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमार बाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिन मा नै भएको थियो । उनले ८० बर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।

बुद्धको ख्यातीनेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय बर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ ।आज भोलि धेरै देशका मानिसहरू एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका पर्वतकका रूपमा गौतम बुद्ध लाई निकै श्रद्धाका साथ सम्मान गर्दछन् ।

धार्मिक सहिष्णुतागौतम बुद्धलाई केहिं हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतार मध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्याएको छ । तर ती पुराणहरूमा चित्रण गरिएको बुध्द अवतारले बुद्धको सहि परिचयको सट्टा भ्रामक कथन बुनेको हो भन्ने कुरा स्पष्ट हुन्छ । यद्यपि नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ ।

यो पनि पढ्नुहोस्, सच्चा भिक्षु १

तथागत बुद्धले आफ्नो श्रावकहरुलाई दिक्षा दिइ सकेपछी उनीहरुलाई बौद्ध धम्म प्रचारका लागी अन्य निगम, नगर, गाउँ९गाउँमा जानको निम्ति आज्ञा गर्नुभयो ।

बुद्धले सम्पूर्ण भिक्षुहरुसग सोध्नुभयोस्
“तिमीहरु सबैजना जहाँ – जहाँ जान्छौं त्यहाँ असल र खराब दुबै प्रकारको मानिसहरू भेटने छौ । असल मनुष्यहरुले तिमीहरूको कुरा सुन्नेछ र तिमीहरुलाई सहयोग पनि गर्नेछ । खराब मानिसहरूले तिमीहरुको निन्दा गर्नेछ साथै गाली पनि दिनेछ । तिमीहरुलाई मानिसहरूको यस्तो ब्यबहर कस्तो लाग्छ रु”

हरेक भिक्षुहरुले आ९आफ्नो बुझाइ अनुसार बुद्धका प्रश्नको जवाफ दिए ।
एक गुणि भिक्षुले बुद्धसग भनेस्९“म कसैलाई खराब सम्झिदिन । यदी कोही मेरो निन्दा गर्छ वा मलाई गाली नै दिन्छ भने पनि म सम्झिन्छु कि त्यो असल ब्याक्ती हो । मिनकी उसले मलाई सिर्फ गाली मात्र दियो, म माथी धुलो त फ्याकेन ।”

बुद्धले भन्नुभयो स्९ “यदी कसैले तिमी माथी धुलो फ्याकेमा रु”
भिक्षु स्९“म उसलाई पनि असल नै मान्नेछु किनकी उसले म माथी धुलो मात्र फ्याक्यो, थप्पड त हानेन नि ।”

बुद्ध स्९“यदी कसैले थप्पड प्रहार गरेमा के गर्छौ रु”

भिक्षुस्९“म उसलाई खराब सम्झिदिन किनकी उसले मलाई थप्पड मात्र प्रहार गर्यो, डण्डाले त प्रहार गरेन नि ।”

बुद्धस्९“यदी कसैले डण्डा प्रहार गरेमा रु”

भिक्षुस्९“म उसलाई पनि धन्यवाद दिन्छु, किनकी उसले मलाई केवल डण्डाले हान्यो कुनै घातक हतियारले हानेन ।”

बुद्धस्९“तर मार्गमा तिमिले डाँका, लुटेरा, हत्यारा पनि भेटन सक्छौ जो घातक हतियारले प्रहार गर्न सक्छ ।”

भिक्षुस्९“तब के रु म त उसलाई दयालु नै सम्झिन्छु, किनकी उसले प्रहार मात्र गर्यो, प्राण त लिदैन नि ।”

बुद्धस्९“यदी उसले प्राण लियो भने रु”

भिक्षुस्९“यश जीवन र संसारमा केवल दुस्ख मात्र छ । जति धेरै जिबित रहन्छु उति नै धेरै दुस्ख देख्नुपर्छ । जिबनबाट मुक्ती पाउन आत्माहत्या गर्नु महापाप हो । यदी कसैले जिबनबाट यसरी छुटकारा दिलाइ दिन्छ भने त्यसलाई पनि उपकार सम्झिन्छु ।”

भिक्षुको यो वचन सुनेर बुद्ध मुस्कुराउनु भयो ।

वहाँले भन्नुभयो स्९“तिमी धन्य छौ १ तिमी एक सच्चा भिक्षु हौ । असल भिक्षु कुनै पनि हालतमा दोस्रोको कुभलो सोच्दैन, जो अरुमा खराब देख्दैन त्यहीँ सच्चा परिब्रजक हुन योग्य छ । तिमी सदैब धम्मको मार्गमा हिडने छौ ।”




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?