Friday January 24, 2020

गरिबीले नै लिँदै धेरैको ज्यान, ऋण तिर्न नसकेर आत्म*हत्या

१८ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1051



वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आ*त्मह*त्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । 

‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झु*ण्डि*एर आ*त्मह*त्या गरेछ ।’घनबहादुर जस्ता थुप्रै व्यक्तिले आ*त्मह*त्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ ।कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा कर्णालीमा ७२८ जनाले आ*त्मह*त्या गरेका छन् । ती मध्ये गरिबीको कारण आ*त्मह*त्या गर्नेको संख्या २५५ जना छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?