Friday November 15, 2019

नेपाली कामदारले यूएईमा निःशुल्क जान पाउने

२० कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1012



नेपाली कामदार युनाइटेड अरब इमिरिटेस् ९यूएई० पनि निःशुल्क जाने पाउने भएका छन्। नेपाल र यूएईबीच असारमा भएको श्रम सम्झौता सोमबार कार्यान्वयनमा आएसँगै कामदार निःशुल्क जान पाउने भएका हुन्। नेपाली कामदारका लागि यूएई तेस्रो ठूलो गन्तव्य मुलुक हो।

नेपाल र यूएईबीच सम्झौता भए पनि प्रक्रिया र लगातबारे टुंगो लाग्न सकेको थिएन। सोमबार सम्पन्न दुई देशबीचको संयुक्त कार्य समूहको पहिलो बैठकले प्रक्रिया र विषयगत लागत टुंगो लगाएको हो। सहमतिअनुसार अब कामदारले अभिमुखीकरण शुल्कका लागि सात सय, कल्याणकारी कोषमा बुझाउनुपर्ने एक हजार पाँच सय रुपैयाँ र उमेरअनुसार हुने बिमा रकमबाहेक अरु कुनै शुल्क तिर्नुनपर्ने भएको छ।

म्यानपावर व्यवसायीलाई दिने सेवा शुल्कसहित अन्य सबै शुल्क रोजगारदाताले नै बेहोर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिले बताए। दुई देशका व्यवसायीले आपसी सहमतिमा सेवाशुल्क लिनस्दिन पाउनेछन्। तर भुक्तानी बैंकिङ च्यानलबाटै कारोबार गर्नुपर्ने हुन्छ।

श्रम सम्झौता कार्यानवयन गर्दा कुनै समस्या आए दुर्तगतिमा समस्या समाधान गर्न संयन्त्र निर्माण भएको बताए। ‘दुई देशका फोकल पर्सन तोकिएका छन्’, उनले भने,‘ती व्यक्तिले सीधैं सम्पर्क गरेर समस्या समाधान गर्नेछन्।’ मन्त्रालयका उपसचिव र यूएईका मानव संशाधनका प्रतिनिधि तोकिएका छन्। दुवै देशले कुनै समस्या आए सूचना दिने, सहयोग गर्ने सहमति भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?