Friday November 15, 2019

डा.केसीको १७औंचरणको अनसन,कांग्रेसको ऐक्यबद्धता

२० कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1014



चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनसनमा नेपाली कांग्रेस डडेल्धुराले ऐक्यबद्धता जनाएको छ। सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डा। गोविन्द केसीलाई भेटेर उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका हुन्।

उनले डा। केसीलाइ भेटेर मेडिकल शिक्षा सुधारको महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए। साथै उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोधसमेत गरे।डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट १०० मिटरको दुरीमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा उनि अनसन बसेका छन्। डा। केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपराह्न ५ बजे देखि अनसन सुरु गरेका हुन्। डडेल्धुरामा अत्यधिक चिसो  भए पनि सात बुँदे माग अघि सार्दै उनको अनसन थालेका हुन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?