Friday November 15, 2019

झन्डै ससुराले लिए बुहारीको ज्यान,बोक्सी भन्दै डाम्न खोजेपछि...

२१ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1012



पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बो*क्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बो*क्सी भन्दै यात*ना दिएको बताएकी छिन् ।ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर नि*र्घात कु*टपिट गर्नुका साथै फलाम तताएर डा*म्न खोजेको उनले बताइन् । कु*टपिटपछि ससुराले डा*म्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फु*त्किएर भाग्न सफल भएको पुजाले सुनाइन् ।पूजा भागेर अहिले माइतीको श*रणमा पुगेकी छिन् । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बो*क्सी भन्दै निर्घात कु*टपि*टसमेत गरेको पूजाको भनाइ छ । 

सोही रात आफूमाथि भएको जघ*न्य अपराध वि*रुद्ध नजिकैको प्र*हरी चौकीमा ठा*डो उजुरी दिएको उनको भनाइ छ । यद्यपि पीडकहरुलाई तत्काल प*क्राउ गरेर का*रबाही गर्न प्र*हरी अग्रसर नभएको पीडितको गुनासो छ । प्र*हरीले निकै समय गु*ज्रेपछि जाहेरी बिना का*रबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्र*हरीले पीडकलाई अझै प*क्राउ नगरेको पी*डित पूजाको दुःखेसो छ । उक्त घट*नापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ । कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घ*टेर म*र्न लाग्यो’ भन्दै ससुराले या*तना दिएको पीडित पुजाको दुःखेसो छ । 

सासूबाट समेत बो*क्सीकै ला*ञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखे । बाबुआमाकै कुरा सुन्ने गरेका श्री*मान् तेजप्रसादबाट पनि आफू अ*पहेलित भएको पूजाले सुनाए । फरार आरो*पितहरुको खोजी भइरहेको प्र*हरी निरिक्षक पौडेलले जानकारी दिए ।रातो पाटीबाट साभार,




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?