Friday November 15, 2019

लण्डनमा "भीजीट नेपाल २०२० कार्यक्रम" पर्यटन मन्त्री भट्टराईको उपस्थीतीमा भब्य सम्पन्न

२१ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1131


लण्डनमा "भीजीट नेपाल २०२० कार्यक्रम" पर्यटन मन्त्री भट्टराईको उपस्थीतीमा भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। भीजीट नेपाल २०२० कार्यक्रम प्रचार प्रसारका लागी आयोजना गरीएको नेपाली राजदुताबासको कार्यक्रममा यस पुर्व सगरमाथा आरोहण गरि सकेका ब्रिटिश पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरे ।

नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरणले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन एवम नागरीक उड्डयन मन्त्री योगेस भट्टराई  र महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीको उपस्थीती थियो । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रममा प्रस्तुति गर्दै उनिहरुले जीवनमा एक पटक नेपाल जानै पर्ने अनुभव बताए। १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुलले पहाड भन्दा पनि नेपाली जनताको मायाले आफुलाई संधै प्रभावित गरेको बताए। “यहाँ ब्रिटेनमा हामीले समुदायको महत्व बिर्सदै गएका छौं, तर नेपालीहरुले समुदायको महत्व कायमै राखेका छन्, त्यसैले हामीले उनीहरुबाट सिक्नु पर्छ,” उनले भने। उनले आउंदो नेपाल भीजीट २०२० मा फेरी नेपालको भ्रमणमा जाने योजना पनि रहेको बतायका थिए।

त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन्। उनले शेर्पा समुदायको पनि प्रशंसा गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गरे। भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मंत्री भट्टराईले स्पष्ट पारेका थिए । दिगो पर्यटनका लागी सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको बताए। मन्त्री भट्टराईले आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न भै सक्ने र सन् २०२१ को मध्य सम्ममा पोखरा विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी काम भै रहेको पनि जानकारी गराए। मंत्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा युकेले पुराएको सहयोगको प्रशंसा पनि गरेका थिए।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए। उनले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको पनि जनाए। उनले आउंदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना रहेको पनि सुनाए।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने यो वर्ष ७५,००० र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटकहरु नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा भीजीट नेपाल २०२० प्रवर्धनात्मक कार्यक्रम ब्यापक प्रचारप्रसार गरीएको पनि जानकारी दिए। नेपाली राजदुताबास मै कार्यक्रम गरेर होस वा एनआरएनका सभासमारोहमा, नेपाली मेला, गोरखाकप, पोखरेली मंचको हाइक फर नेपाल इन वयल्स र बेलायतमा अवस्थीत सक्रिय सामाजीक संस्थासंग मीलेर पनि ब्यापक प्रचारात्मक काम भयको जनायका छन्। त्यस्तै गरी सपोर्ट नेपालको च्यारीटी, WOrld Travel Market प्रमोसन, स्कटलैण्ड, नर्दन आयरलैण्ड र माल्टामा समेत पुगी कार्यक्रम गरेको समेत स्पष्ट बताएका थिए।

समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा मारियो हार्डीले नेपालबारे प्रस्तुति गरेका थिए। एनआरएन युकेकी अध्यक्ष पुनम गुरुड्ग र महासचीव फणीन्द्र भट्टराइ, उपस्थीत सो कार्यक्रममा सैनीक सहचरी बिर्गेडीयर कुमार थापा, प्रथम सचीव लभ सुबेदी, तृतीय सचीव तेजेन्द्र रेग्मी, एनआरएन पुर्व अध्यछ्य महन्त श्रेष्ठ, पुर्व डिएसपीहरु बाचस्पति रेग्मी एवम शीवजी श्रेष्ठ, बरीष्ठ पत्रकार भगीरथ योगी, वीनेपालीका स्याम लुईटेल, नेपाल प्रेष युनीयनका युकेका अध्यक्ष बिपीन निरौला, लण्डन नेपालन्युजका सम्पादक शीव भण्डारी र प्रकास कडेल समेतको उपस्थीती थियो।

सनम बैरागको भीजीट नेपाल २०२० को प्रमोसनल भीडीयो प्रस्तुत गरीयको र आगन्तुक पाहुनाहरुलाई भीजीट नेपाल २०२० का सामाग्री दियर स्वागत गरीएको सो भब्य कार्यक्रममा सयपत्री सांस्कृतिक समूहका अध्यछ्य डम्बर  सीह र सदस्यहरूले रोचक नेपाली लोक कला र संस्कृति नृत्य प्रश्तुत गरेका थिए। कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?