Friday November 15, 2019

पर्यटनमन्त्री भट्टराईसंग "एक पटकको बंशजको नेपाली सधैका लागी बंशजको नेपाली" हुने समुहद्वारा नागरीकता बिषयमा छलफल

२२ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम । 1943


पर्यटनमन्त्री भट्टराईसंग "एक पटकको बंशजको नेपाली सधैका लागी बंशजको नेपाली" हुने समुहद्वारा नागरीकता बिषयमा छलफल

शीतलपाटीन्युज डटकम।
क्यानिस्टीन प्यालेस,लण्डन। संस्कृती, पर्यटन एवम नागरीक उड्डयनमन्त्री योगेस भट्टराईसंग "एक पटकको बंशजको नेपाली सधैका लागी बंशजको नेपाली" हुने समुहका समाजसेवी खगेन्द्र पाठकले गत हप्ता नेपाली दुतावास लण्डनमा एक समारोह बिच भेट गरी “एक पटकको बंशजको नेपाली सधैका लागी बंशजको नेपाली हुने”बिषयमा छलफल भयको बारे समाचार प्राप्त भयको छ।


समाजसेवी पाठकले ४ नोभेम्बर, २०१९ सोमवारका दिन साबिक बंशजको आधारमा प्राप्त नेपाली नागरीकता, नेपाली र तीनका सन्तानहरु जुनसुकै परिस्थीतीमा संसारका कुनै पनि देशमा बसोबास गरेता पनि तिनका बंशजका नागरीकताको निरन्तरता कायम रहिरहने अर्थात छोटकरीमा “एक पटकको बंशजको नेपाली सधैका लागी बंशजको नेपाली हुने” प्रावधान नेपालको संबिधान २०६२ मा कायम गराउन सो अभीयानको बिशेष उच्चस्तरीय कार्यदलका अध्यक्ष खगेन्द्र पाठक तथा सोही कार्यदलका महासचीव अरुण रत्न शाक्यको टोलीले  माननीय संस्कृति, पर्यटन एवम नागरीक उड्डयन मन्त्री योगेस भट्टराईज्यु समक्ष संबिधानमा भयका कमी कमजोरी र नेपाली नागरीकता ऐन २०६३ को दफा १० मा भयको ब्यवस्था र मुकुकी देवानी संगीता ऐन २०७४ को दफा ४३३ तथा सर्बोच्च अदालतद्वारा बिदेशमा रहेका करिव ८५ लाख नेपालीहरुलाई मताधिकारको सुबिधा प्रदान गर्न कानुन बनाई संसदमा पेश गरी कार्यान्वयन गर्न दिएको माननीय न्यायधिस सपना मल्ल प्रधानज्युको इजालसको पुर्ण पाठको निर्णय समेतलाई मध्य नजर राखेर राज्य ब्यवस्था समीतीको अध्यक्ष माननीय शशी श्रेष्ठको संयोजकत्वमा भयको नेपाली नागरीकता ऐन २०६३ लाई संसोधन गरी संघीय ऐन बनाई प्रतिस्थापन गर्न बनेको कानुन मस्यौदामा  दलिय सहमती “ एकपटकको बंशजको नेपाली सधैका लागी बंशजका नेपाली” हुने प्रावधान पुर्ण रुपमा जुटाई बिदेशमा रहेका गोरखालीहरु तथा सम्पुर्ण नेपालीहरु जो साबिकमा बंशजका नेपाली थिए। उनीहरुका सबै सन्तानहरु स्वत बंशजका नेपाली कायम रहने ब्यवस्था गराईदिन राज्य ब्यवस्था समीतीबाट शसक्त पहल गरिदिन हुन बिशेष अनुरोध सहित हरेक कानुनी पाटोका जटीलता समेतमा बिशेष रुपमा बिस्तृत छलफल गरी मन्त्रीज्युलाई बिशेष संबोधन गरीएको समाचार प्राप्त भयको छ।


साथै समाजसेवी पुर्व मेजर खगेन्द्र पाठकले सन २०२० मा मनाउन लागी रहेको “Vist Nepal 2020” को कार्यक्रम सफल बनाउन बिदेशमा रहेका नेपालीले दिलोज्यान दिएर पर्यटकलाई नेपाल भ्रमण गराउन बिशेष पहल गर्ने प्रतिबध्दता पनि जाहेर गरेको समाचार छ। पर्यटन मंन्त्री भट्टराईसंग नेपाली नागरीकता बिषयमा अन्तरकृयाको सौहार्द्रपुर्ण बातावरण मीलाई दिनु भयकोमा बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीलाई अध्यक्ष खगेन्द्र पाठकले धन्यबाद ज्ञापन गर्नु भयको छ।




मतहरू

Nar tamang

Kura sahi ho


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?