Friday November 15, 2019

गोर्खा  आन्दोलनकी बेलायती चर्चित अभिनेत्री लुम्ले सद्भावना दूत नियुक्त

२२ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 1079


गोर्खा  आन्दोलनकी बेलायती चर्चित अभिनेत्री लुम्ले सद्भावना दूत नियुक्त

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको बेलायतबाट सद्भावना दूत नियुक्त भएकी छन्।
वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको बेलायतबाट सद्भावना दूत नियुक्त गरेका हुन्। भट्टराईले बिहीवार बेलायतस्थित हाउस अफ लर्डस बेलायतको माथिल्लो सदनमा आयोजित एक समारोहका बीच उनलाई सो जिम्मेवारी दिएको हो। लुम्ली ब्रिटीस गोरखा सेटलमेन्ट आन्दोलनकी अगुवा पनि हुन। बिश्वयुद्दमा आफ्ना बाबुसंग संग बेलायतको रक्षाका लागी गोर्खा सैनिकले गरेको बलिदानको मुल्याड्कन गर्दै गोर्खाली अधीकारका लागी नेपाली प्रति अहोरात्र संगै छिन।

यस्तै गरी भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई समेत नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका छन्।

सो सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, पर्यटन ब्यवसायीहरु र बेलायत स्थीत सामाजीक संस्थाका अभीयन्ताहरु लगायतको उपस्थिती थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?