Wednesday December 11, 2019

फेरि मिर्गौला फेर्ने प्रधानमन्त्रीको तयारी

२९ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 1023



काठमाडौँ । आज कार्तिक २९ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले चीनले नेपाल र भारतबीच जारी सीमा विवादको बारेमा जारी गरेको धारणालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउने विषयले आजका दैनिक पत्रिकाहरुमा प्राथमिकता पाएका छन् ।कान्तिपुर दैनिकका अनुसार बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरुले सुझाएका छन् । त्यसैले उनले बालुवाटरबाटै नियमित काममा सक्रियता बढाएका छन् । समाचारमा एक मन्त्रीलाई उल्लेख गर्दै प्रधानमन्त्री फेरि मिर्गौला फेर्ने मनस्थितिमा रहेको उल्लेख छ । 

प्रत्यारोपणका लागि विदेश जानअघि नै प्रधानमन्त्री ओली पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुङ्ग्याउन चाहेका छन् । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको फेरि उपचार गर्नुपर्ने भए पनि ठ्याक्कै यही पद्धति अपनाउने भन्ने टुङ्गो लागिसकेको छैन । मिर्गौला प्रत्यारोपन गर्नुपर्ने भयो भने उनको लामो समय उपचारमा बित्न सक्छ । त्यसैले थप उपचार सुरु गर्नुअघि नै पार्टी र सरकार सञ्चालनका लागि आवश्यक निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको स्रोतले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?