Thursday June 01, 2023

विवादमा फसे सलमान खान

१२ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 8005



मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजभन्दा पहिले नै विवादमा फसेको छ । हिन्दू जनजागृति समितिले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मको सर्टिफिकेट नदिन आग्रह गरेको छ । समितिले फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ मा देखाइएको नृत्यले हिन्दू भावनामाथि ठेस पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ ।फिल्मको गीतमा सलमान खानसँग ऋषिहरुले आपत्तिजनक किसिमले नृत्य गरेको देखाइएको भन्दै समितिले विरोध गरेको हो । यो नृत्यले हिन्दूहरुको भावनामा ठेस पुर्‍याएको समितिको दाबी छ ।

फिल्मको गीतमा सलमान खान नदीको किनारमा ऋषिहरुसँग नाच्दै गरेको देख्न सकिन्छ । यसका अलावा उनले ३ जनासँग आशीर्वाद लिन्छन् । ती ३ जना शिव, विष्णु र ब्रह्माको भेषमा हुन्छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?