Wednesday December 11, 2019

प्रथम भिसी कुलबीर थापाको शालिक अल्डरसट लण्डनमा स्थापना हुदै

१२ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1163


प्रथम भिसी कुलबीर थापाको शालिक अल्डरसट लण्डनमा स्थापना हुदै

ओम थापा काउचा।
अल्डरसट, बेलायत । बेलायतको रशमोर बरोको अल्डरसटमा एक गोर्खा प्रथम भिक्टोरियाक्रस कुलविर थापाको शालिक निर्माण हुने भएको छ । शालिक निर्माणका लागि एक कार्यदल समेत गठन गरिएको छ। बिर पुर्खाहरुको सम्मान स्वरुप उक्त शालिक निर्माण गरिने बताइएको छ ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीले ४ वर्ष अगाडि जी २०० को अवसर पारेर विशेषत होम अफ ब्रिटिश आर्मि भनेर परिचित भएको रशमोर तथा २००३ देखि भुपु ब्रिटिश गोर्खाहरुको बेलायत आउने र बसाइ सराइ गर्ने क्रममा उक्त रशमोर इलाकामा बेलायतकै सबैभन्दा बाक्लो गोर्खाजहरुको बसोबास रहेको छ। होम अफ द एक्स ब्रिटिश गोर्खा नेपाली कम्युनिटी भनेर परिचित भएको उक्त स्थानमा बिर गोर्खाको सम्मान र परिचयका लागि स्थानीय निकाय र काउन्सीलसँग गरिएको अनुरोध अनुरुप प्रथम गोर्खा भिसी (भिक्टोरियाक्रस) प्राप्त कुलबीर थापाको शालिक (Statute) स्थापना गर्ने प्रस्ताव स्विकृत भएको समाचार छ ।

थापाको शालिक एकवर्षभित्रै अल्डरशट प्रिन्सेस गार्डनमा राख्नका लागि स्वीकृति पाए लगत्तै ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको एक वैठकले राई कै अध्यक्षतामा एक आयोजना संयोजन समिति समेत गठन भयको छ। संयोजकद्धयमा रिटायर्ड मेजर खिम गौचन र रिटायर्ड क्याप्टेन ग्यारी घले रहेका छन् भने संल्लाहकारहरुमा गोर्खा ब्रिगेड एसोसियनका अध्यक्ष मेजर.रि मनीकुमार राई (एमबिई) र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान जेपीका साथै गेसोका अध्यक्ष कृष्ण राई तथा सत्याग्रहका प्रमुख संयोजक ज्ञानराज राई र  बिश्वका १४ उच्च हिमालहरुको छोटो समयमा आरोहण गरेर किर्तीमानी कायम गरेका पूर्वगोर्खा निर्मल पुर्जा मगर रहेका छन् ।

कोषाध्यक्षमा टोप पल्ली, सहकोषाध्यक्ष उत्तर गुरूङ र टेक बहादुर थापा तथा सदस्यहरूमा के.री राजेन्द्र मान गुरुङ, के.री राजु गुरूङ, के.रि बिर बहादुर थापा, के रि ताम ढेंगा, ले.री सुनिल राना, ले.री लाल गुरूड, ले.रि रेशम शेरचन, ओम थापा काउचा, नेम थापा, शेर सुनार, मेख गुरूङ,  जंग सुनुवार, जिव बेल्बासे, पदम राई, जंगबहादुर गुरूङ, श्रीमती प्रमिला राई, श्रीमती गोमा राना, श्रीमती हेमा राना, मैया के.सी, श्रीमती छबीमाया पुन, मान गुरूङ र श्रीमती शुसिला राई रहेको एक संयोजन समिती पनि गठन भयएको छ।समितिलाई अझ सक्रिय बनाउनका लागि पदाधिकारीहरुमा पुन : हेरफेर गर्न सकिने समेत बताइएको छ ।

उक्त प्रोजेक्टका बारेमा मूर्तिकारलाई यसको विषयमा बिशेष अध्ययनका लागि जिम्मा दिइसकिएको छ भने मूर्ति निर्माण लगायतका काम र शिलान्यास सम्म झण्डै १ लाख २५ हजार पाउन्ड लाग्ने अनुमान समेत गरिएको समितिका संयोजक मे.रि खिम गौचनले बताएका छन्। त्यसैगरी समितिले बृहद छलफल गरेर बेलायतमा रहेका ब्रिगेड एसोसियसनहरु, नम्बरीका संस्थाहरु तथा बेलायतका सबै नेपाली संघ संस्थालाई यस पुनित कार्यका लागि आर्थिक संकलनका निम्ति अनुरोध गर्ने निर्णय समेत समितिले गरेको छ।

समितिका अनुसार यदि कुनै पनि व्यक्ति वा संघ संस्थाले १ हजार पाउण्ड भन्दा बढी आर्थिक सहयोग गरेको खण्डमा उक्त शालिकको मार्वलमा नाम लेख्ने र विशेष सम्मान गरिने छ । यस कार्यका लागि नयाँ वर्ष २०२० को सुरुवातबाट सबैलाई पत्राचार गर्ने र एक बृहद् च्यारिटी गर्ने तथा आउँदो २०२० नोभेम्बर ११ को रिमेम्बर्स डेका अवसर पारेर बृहद कार्यक्रमका बीच भिसी थापाको शालिकको अनावरण तथा समुद्घाटन गर्ने निर्णय गरिएको छ ।
(संसार न्युज )
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?