Wednesday December 11, 2019

सामूहिक बलात्कार गर्ने कोरियाली कलाकारलाई ६ वर्ष जेल सजाय

१५ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1023



दक्षिण कोरियाली दुई पपस्टारले एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरुमाथि अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ ।ती महिलासँगको अवैध ‘सेक्स भिडियो’लाई उनीहरुले सार्वजनिक समेत गरेका थिए । सोलको जिल्ला अदालतले जङ जुन योङमाथि ६ वर्षको जेल सजाय र चोइ जङ हुनलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।


स्थानीय मिडियाका अनुसार दुई सेलिब्रिटीले पूर्व तयारी गरेरै भिडियो समेत खिचेका थिए । साथै भिडियो साथीहरुलाई च्याट मार्फत वितरण गरेका थिए । अदालतका अनुसार उनीहरुलाई पुनरावेदन गर्न एक हप्ताको समय अवधि छ । दक्षिण कोरियाली यी सेलिब्रिटीका टेलिभिजन ड्रामा, फिल्म र पप गीतहरु एसिया र बाहिर पनि चर्चित छन् । दक्षिण कोरियाली मनोरन्जन बजारमा यसअघि पनि विभिन्न काण्ड बाहिर आएका छन् । यसअघि मात्रै पप म्युजिसियन र अभिनेत्री गू हारा आफ्नै निवासमा मृत भेटिएकी थिइन् । मिडियाका अनुसार उनी केही समयदेखि आफ्नै पूर्वप्रेमीबाट ‘ब्ल्याकमेलिङ’ खेप्दैआएकी थिइन् ।अन्नपूर्ण पोस्टबाट साभार,




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?