Wednesday December 11, 2019

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

१७ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1010



मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठ!क्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृ!त्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठ!क्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए ।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।
यस अघि आइतबार राति ट्रिपरको ठक्करबाट कलङ्कीमा एकजनाको मृत्यु भएको थियो।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?