Thursday January 23, 2020

गौरिकाले ४ स्वर्ण जित्दै रचिन् इतिहास, १४ औं साग पाकिस्तानमा

२३ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1056



काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । त्यसैगरी, काउन्सिलले ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिने निर्णय पनि जनाएको छ । काठमाडौँ । नेपालकी जलपरी गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । गौरिकाले सागको एकै संस्करणमा चार स्वर्ण जित्ने नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएकी हुन् ।

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा अर्को स्वर्ण पदक जित्दै स्वर्ण पदक संख्या ४ पुर्याएकी हुन् । गौरिकाले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । सागमा कुनैपनि नेपाली खेलाडीले एकै संस्करणमा ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो ।प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् ।

यसअघि सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले अलग अलग संस्करणमा मात्र चार स्वर्ण जितेका थिए । गौरिकाले योसँगै चार स्वर्णसहित दुई रजत र दुई कांस्य पनि जितेकी छन् । साग पौडीमा गौरिकाले आठ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् । योसँगै १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । यसैगरी सागअन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

बक्सिङ भुपेन्द्रले जिते स्वर्ण

यता बक्सिङमा भुपेन्द्र थापामगरले स्वर्ण जितेका छन् । सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । फाइनलमा भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराए । आजै बक्सिङमा नेपालकी मिनु गुरुङले पनि स्वर्ण पदक जितेकी छिन् ।

पुरुष क्रिकेट

पुरुष क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक हासिल गरेको छ । उपाधिका लागि श्रीलंकासँग प्रतिश्पर्धा गरेको बंगलादेशले ७ विकेटको जित हासिल गरेको हो । पराजयसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ ।

आयोजक नेपालले भने कास्य पदक हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १२३ रनको लक्ष्य पाएको बंगलादेशले १९औं ओभरको पहिलो बलमा जित हासिल गरेको हो ।

यसैगरी पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपाल सहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान भने सहभागि भएन ।

सुटिङमा भारतको वर्चश्व

साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । यता, माल्दिभ्स, भुटान र नेपाल भने पदक विहीन बनेका छन् ।
हरि खड्काद्वारा राजीनामा

सागमा नेपालको महिला फुटबलतर्फ भारतसँग पराजित भएपछि टीमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले जुन उद्देश्यले तयारी गरेपनि स्वर्ण जिताउने योजना सफल नहुँदा राजिनामा दिएको बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?