Saturday August 15, 2020

क्ष्मणलाल कर्णको सरकारी गाडीले सिंहदरबार अगाडी मच्चायो ताण्डब

२३ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम 1144



काठमाडौं, मंसिर २३ । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठो क्किँदा मोटरसाइकल चालक ग म्भीर घा इते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं। प्लेटको सवारीले ठ क्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्र हरी प्रभाग सिंहदरबारले जनाएको छ । घा इते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्र हरी जवान आचार्यले जानकारी दिए । महानगरीय ट्रा फिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं। को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं। प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं। स्कार्पियो गाडीले ठ क्कर दिएको थियो । सो गाडी संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गर्नुभएको महानगरीय ट्रा फिक प्र हरी प्रभाग सिंहदरबारका प्र हरी जवान हेमन्त आचार्यले जानकारी दिए ।

ग लत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठ क्कर दिएको पृथ्वीनारायण शाहको सालिकमुनि ख टिनुभएकी ट्राफिक प्र हरी खीना सुवेदीले बताइन् । हता रमा भएर बत्ती बालेर सवारी आएको उनले सुनाइन् । लेन अनुशासन पालना नगरेमा रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना लेखिएको बो र्डलाई देब्रे पारेर सरकारी गा डी गलत दिशाबाट आइरहेको थियो । गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो ।

सरकारी गाडीका चालक लेखमान शाक्यले नै उपचार गराइरहेका छन् । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्र हरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए । संवेदनशील स्थानमा समेत सरकारी गाडीले ग लत दिशाबाट आएर ठ क्कर दिनु सामान्य घट ना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए । छान बिन गरी यसका दोषीलाई कानुनी का रबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चाल क पनि सुरक्षित नहुने उनको भनाइ छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?