Thursday January 23, 2020

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा भीम बानिया सर्वसम्मत

२४ मंसिर, २०७६ शीतलपाटीन्युज डटकम। 1162


शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा भीम बानिया सर्वसम्मत

शीतलपाटीन्युज डटकम।

लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटको अधीबेशन हालै सम्पन्न भयको छ। एनआरएन युके अध्यक्ष पुनम गुरूङ मुख्य अतिथी रहनु भयको सो अधिवेशनको अध्यक्षता रोहित गुरूङले गर्नु भयको थियो भने महासचीव बिक्रम भट्टराईले संचालन गर्नु भयको र  वर्ष भर गरिएका वैदिक कार्यक्रमका साथै मन्दिर ख़रीद देखी आन्तरिक निर्माणका गतिविधिहरुको सम्पुर्ण विवरण बार्षिक गतीबिधी प्रस्तुत गर्नु भयको थियो।

पानसमा बत्ती बालेर उद्घाटन गरीएको सो कार्यक्रममा एनआरएन युके अध्यक्ष गुरूङले हालै खरिद गरि संचालनमा रहेको शिव कल्चरलका अभीयन्ताहरूले गरेको प्रयास र प्राप्त सफलतालाई धन्यवाद दिनु भयको थियो। उहाले एनआरएन युकेको तर्फबाट र आफ्नो तर्फ सहयोग गर्न सधै तत्पर रहेको प्रतिबद्दता ब्यक्त गर्नु भयको थियो। मगर संघ युकेका पुर्व अध्यक्ष एवम ग्रेटर रसमोर नेपाली कम्युनिटीका बरिष्ठ उपाध्यक्ष नेम थापा र सेन्टरका संरक्षक डा विनोदले शुभकामना मन्तब्य राख्नु भयको सो अधिबेशनमा अध्यक्ष रोहित गुरूङले सेन्टर भवन खरिद र संचालनमा महत्वपुर्ण सहयोग गर्ने सबैलाइ धन्यबाद टक्रयाउनु भयको थियो।

सेन्टर संचालनका लागी बनाएको बिधान सेन्टरका पुर्व अध्यक्ष सुनित जैनले पढेर सुनाउनु भयको थियो भने सेन्टरका कोषाध्यक्ष वाचस्पति रेग्मीले आयब्यय प्रस्तुत गर्नु भयको थियो। ३ लाख पौण्डमा भवन खरिद गरेर पनि ६९ हजार बचत रहेको र गीफ्ट ऐड करिव ३० हजारको माग गरीएको बताइएको छ भने सो सेन्टरमा ४८६ डोनेसन सहयोगी सदस्य रहेको जनाएको छ। युकेस्थीत बिभीन्न संस्थाका अध्यक्षहरु, पुर्व अध्यछज्युहरू,बरिष्ठ समाजसेवीहरू, भक्तजनहरु, बाबाआमाहरू,दाजुभाई दिदीबहिनीहरू, शुभचिन्तकहरु, सेन्टरका सल्लाहकारहरू र कार्यसमीतीका पदाधिकारीहरूको भब्य समर्थनमा सेन्टरको बिधान र आयब्यय पास भयको थियो।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अधिवेशनले गठीत प्रमुख निर्वाचन अधिकृत एकेन्द्र गुरूङ, संयोजक जीव वेलवासे र संयोजक अनुप बर्मा रहेको समीतीले सेन्टरमा नयाँ नेतृत्व चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले भिम बानियाँको नेतृत्वमा सर्बसम्मत १६ सदस्यीय कार्यसमिति छनौट गरेको हो। समितिको उपाध्यक्षमा बाचस्पति रेग्मी रहेका छन्। अधिवेशनले महासचिवमा बिक्रम भट्टराई, कोषाध्यक्षमा हरि भट्टराई, सह-कोषाध्यक्षमा गंगा अधिकारी, सांस्कृतिक सचिवमा सुशिला पौडेल र तानिया जैन, सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, भरत श्रेष्ठ, अरबिन्द सहनी, प्रदिप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा र शरद कुलकर्नी चुनिएका छन्। बाँकी सदस्यहरु अध्यक्षले थप गर्ने निर्णय गरिएको छ ।

मन्दिर परिसरमा भएको अधिवेशनमा निर्वाचीत कार्यसमिती पदाधिकारीहरू र बोर्ड अफ ट्रस्टी सदस्यहरूलाई निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सपथ गराउनु भयको थियो। नव निर्वाचीत अध्यक्ष भीम बानियाले ट्रस्ट्री मीटीङ राखी निबर्तमान अध्यक्ष रोहित गुरुङ् संरक्षक रहने गरि बोर्ड अफ ट्रस्टीमा १४ जनाको नाम समेत सार्बजनिक गरीयको थियो ।जस्मा अम्बर मल्ल, शेर सुनार, रामचन्द्र गुरुङ सुर्जे, जिव बेल्वासे, डा रेजी, पुरन गिरी, निलकण्ठ पौडेल, भिम बानिया, हरि भट्टराई, विक्रम भट्टराई, डा कुमार अग्रवाल, बेम थापा, सुष्मा गुरुङ, सुनिता जैन ट्रस्टी बोर्डमा छनौट भएका थिए।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष भीम बानियाँले कार्यक्रममा उपस्थित पत्रकारहरू, हलमा खचाखच उपस्थित सबै नेपालीहरु र भारतीय जनसमुदायहरूलाई धन्यवाद दिदै शिव मन्दिरलाई छ महिना भित्र दाता रविजंग लामीछानेबाट प्राप्त चतुरमुखी पशुपति मुर्तिको निर्माण र प्राण प्रतिस्थापन गरि पुर्ण रूपमा संचालन ल्याउने काम गर्ने प्रतिबद्दता जनाउनु भै कार्यक्रम समाप्त भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?