Tuesday November 24, 2020

अम्बर गुरुङका नाममा संगीत पुरस्कार

६ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1542


अम्बर गुरुङका नाममा संगीत पुरस्कार

शीतलपाटीन्युज डटकम।
पोखरा । गीतकार तथा संगीतकार विक्रम गुरुङले सेप्टेम्बर १६ मा एकल गायनमा पलेटी कसे । उनले सांगीतिक जीवनमा थोरै गीत लेखे र संगीत भरे तर यो पहिलो एकल सांगीतिक कार्यक्रम थियो । ‘मेरो संगीत यात्रा’ नाम दिइएको कार्यक्रमबाट बचेको पैसा गुरुङले स्वर्गीय अम्बर गुरुङप्रति समर्पण गरे। अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको अक्षयकोष स्थापना गर्न विक्रमले आफ्नै मातृसंस्था पोखरेली युवा सांस्कृतिक परिवारलाई रोजे ।


राष्ट्रिय गानका संगीतकार समेत रहेका अम्बरका नाममा देशकै ठूलो राशिको पुरस्कारको कोष खडा गर्ने अभियान परिवारले थालेको छ। त्यही अभियानको सुरुवात गर्दै विक्रमले आफ्नो एकल सांगीतिक कार्यक्रममा उठेको ५ लाखमा १ लाख रुपैयाँ थपेर कोष खडा गरेका छन्। कोषमा शनिबार फेरि अर्को इट्टा थपिएको छ। कोष खडा गर्ने अभियानमा जोडिएको छ, पोखरेली मञ्च युके र माध्यम बने परिवारका संस्थापन तथा साहित्यकार सरुभक्त ।


सिर्जनाको घेराभित्र सरुभक्त’ नाम दिएर २३ कात्तिकमा बेलायतमा कार्यक्रम भएको थियो। कार्यक्रमको संयोजक थिए, पोखरेली युवा सांस्कृतिक परिवारकै पूर्व सदस्य लालप्रसाद गुरुङ र सुधा गुरुङ। नवीनतम उपन्यास प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकापर्णसँगै सरुभक्तले साहित्यिक यात्राका अनुभव,अनुभूति,कविता,गजल,मुक्तक सुनाएका थिए। कार्यक्रमबाट बचेको साढे २ लाख रुपैयाँ शनिबार कार्यक्रम संयोजक लालप्रसाद र सुधाले परिवारलाई हस्तान्तरण गरेका हुन्। उनीहरुले परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई रकम हस्तान्तरण गरे ।

यो रकम नेपाली गीत संगीतका मुर्धन्य व्यक्ति अम्बर गुरुङ नाममा स्थापित पुरस्कारका निम्ति हस्तान्तरण हुनु अर्को ऐतिहासिक कार्यक्रम भएको सरुभक्तले सुनाए ।
कलाकार, खेलाडी लगायतलाई बेलायत बोलाएर विभिन्न कार्यक्रम गर्दै आएको पोखरेली मञ्च युकेले यसपटक साहित्यकारलाई फरक खालको कार्यक्रम भएको संयोजक लालप्रसादले बताए। कार्यक्रम मार्फत अम्बर गुरुङका नाममा स्थापना भइरहेको पुरस्कारको कोषमा एउटा इट्टा थप्ने काम गरेको उनले सुनाए। परिवारका संस्थापक तथा साहित्यकार तीर्थ श्रेष्ठले पोखरामा अम्बर गुरुङका नाममा देशकै ठूलो पुरस्कार राशिको राष्ट्रिय पुरस्कार स्थापना गर्ने अभियानमा लागेको बताए ।

“अम्बर गुरुङको सम्मानमा स्थापना हुने पुरस्कारले नेपाली गीत संगीतमा योगदान गरेका विशिष्ठ व्यक्तिहरुलाई पुरस्कृत गयिरने छ”, तीर्थले भने। ‘अहिलेसम्म कोषमा साढे ८ लाख रुपैयाँ जम्मा भइसकेको छ र २० लाख रुपैयाँको कोष बनाएर ठूलो राशीको पुरस्कार प्रदान गर्ने हाम्रो लक्ष्य हो। कोष स्थापना गरी हरेक वर्ष वा २ वर्षको बीचमा कम्तिमा २ देखि ३ लाख रुपैयाँसम्मको पुरस्कार दिने गरी कार्यविधि बनाउन लागेको संस्थाले जानकारी दिएको छ ।

( अनलाइनखवर डटकम)




मतहरू

baxadozyroyarl

azithromycin 250mg

annemawhatte

cialis horror stories https://cineuropa.org/el.aspx?el=http://www.cialisle.com - cineuropa.org what age can i take cialis cineuropa.org can i take 60 mg of cialis

annemawhatte

should i take 10mg or 20mg cialis http://www.voozl.com/away.php?to=http://cialisle.com - voozl.com why does cialis give you a headache voozl.com daily doses of cialis

annemawhatte

can cialis and levitra be taken together https://thunder.networkhealth.com/texis/search/redir.html?query=payer+id&pr=nnhp&prox=page&rorder=750&rprox=500&rdfreq=500&rwfreq=500&rlead=500&rdepth=125&sufs=0&order=r&u=https://www.cialisle.com - thunder.networkhealth.com cialis weightlifting thunder.networkhealth.com increase the effects of cialis

annemawhatte

cialis and your liver https://boutique.mapledelights.com/redirect.aspx?url=http://cialisle.com - boutique.mapledelights.com mixing viagra and cialis boutique.mapledelights.com will cialis make you hard


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?