Wednesday March 22, 2023

क्यान्सर जितेका दुई नेपालीले पोखरा अन्तराष्ट्रिय म्याराथनको साहसिक यात्रामा भाग लिदै

७ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 2680


क्यान्सर जितेका दुई नेपालीले पोखरा अन्तराष्ट्रिय म्याराथनको साहसिक यात्रामा भाग लिदै

शीतलपाटीन्युज डटकम।

लन्डन । क्यान्सर रोग लागेको भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । बेलायत निवासी दुई असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिँडेका छन्।

आगामी २०२० फेब्रुवरी महिनाको १५ तारिख (फागुन ३ गते) पोखरामा हुने १४ औं अन्तर्रास्ट्रिय पोखरा म्याराथनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उदेश्यले क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेका २ नेपालीहरू पाण्डव महतो र मञ्जु गुरुङ बेलायतबाट पोखरा पुगेर दौड़मा भाग लिने भएका छन् । नेपालको सिराहा जिल्लामा जन्मिएका बेलायत निवासी पाण्डव महतोलाई २००९ मा आमासयको क्यान्सर भएको थियो । एकातिर किमो उपचार अर्कोतिर परिवार पाल्न काम गर्न पर्ने बाध्यता । जीवनको कठिन घडीमा प्राण घातक बिरामीलाई पनि जितेर उनि बिस्तारै दौडमा सामेल भए । हाल उनले बिश्व बिख्यात ३ म्याराथन लण्डन, बर्लिन, सिकागो म्याराथन दौडिसकेका छन् । हाल दौड उनको नित्य कर्म जस्तो भएको छ ।

त्यस्तै अर्की आत्मबलकी धनी महिला हुन् मन्जु गुरुङ। कुनै जमानाका नामी फुटबल खेलाडी स्व.लालकाजी गुरुङकी जेठी छोरी हुन् । पटियाला स्पोर्ट सेन्टर पंजाबबाट डिप्लोमा इन स्पोर्ट गरेकी मन्जुले नेपाल राष्ट्रिय भलिबल प्रशिक्षक भएर धेरै बर्ष काम गरिन् । १९९१ सालमा बेलायत छिरेकी मञ्जु एक सन्तानकी आमा हुन् भने नेपाली गायक सपन राईकी जीवन संगिनी हुन्। केही बर्षयता मञ्जु नर्सिङ पेशामा अबद्ध छिन्। दिनभर सामाजिक काममा ब्यस्त रहने र राति नर्शको कामले गर्दा उनलाई यस्तो रोगले समात्यो । क्यान्सर, सुन्ने बित्तिकै ७५ प्रतिशत शरीर मर्दछ । सन् २००५ मा बकिङहाम युनिभर्सिटीबाट नर्सिङमा डिप्लोमा गरिसकिकि मञ्जुले शरीर र स्वास्थको राम्रो ज्ञान भएकाले क्यानसरसँग लड्नका लागि पूरा तयारी गरिन् । आत्मबल, सकारात्मक सोच, दिमाग र शरीरको संबन्ध, वेलनेश र होलनेश आदिमा समर्पित गर्दै लागिन् । सेप्टेम्बर १०१७ मा पत्ता लागेको रोगलाई मञ्जुले पुरै निकालेर फाल्न सफल भएका छन् । अहिले मञ्जुमा भिन्नै खालको जोश जागर देखिन्छ। जीवन र काल बीचको यात्राबाट उम्केकी निडर महिला कैयौं आफू जस्तै पीडितहरुलाई हौसलाका पाठ सिकाउँछिन् ।अध्यात्मिक चिन्तनले पनि बाँच्ने आधरलाई सुलभ बनाउँछ भन्ने अनुभव अरु माँझ बांडी हिडेकी छिन् ।

पोखरामा हुन लागेको म्याराथनलाई सफल बनाउन पोखरेली मंच बेलायत र नेपाल रनका दौड अभियन्ताहरु बिच लण्डन नर्थला पार्कमा भएको एक छलफल कार्यक्रममा नेपालमा म्याराथनलाई दौड प्रतियोगिता मात्र हेरिने ग़लत संस्कारलाई चिरेर शारीरिक स्वास्थ्य, सामूहिक स्वास्थ्य, च्यारिटी, वातावरण चेतना र पर्यटन प्रबर्धनको अभियानको सेतु भएकोकुरा सवैले बुझेर चेतना फैलाउनु पर्ने राय पोखरा म्याराथनका संयोजक चन्द्र गुरुङले राखे ।बिश्वका मुख्य ६ म्याराथन दौडने प्रथम नेपाली सन्तोस राईले दौडको महत्व र चेतना अभिब्रिद्दी गर्न धरानमा सुरु गरिएको धरान रन हेरेर नेपाल भरका स्थानीय निकायहरुले सिक्नु र अनुसरण गर्नु पर्ने राय व्यक्त गरे ।

दौड या म्याराथनलाई नेपालमा खेलकुदका रुपमा मात्र बुझिने गलत परिपाटी छ । दौड़ मार्फ़त शारीरिक तंदुरुस्ती मात्र हैन बिश्वमा हरेक वर्ष अरबौ च्यारिटी फ़ण्ड रेज गर्ने , मानिसहरूलाई निरोगी बन्न प्रेरित गर्ने , सामूहिक भावना जगाउने र स्वास्थ्य समाज निर्माण गर्ने साधनको रुपमा निकास गरिएको छ ।विश्वभर विकसित हुँदै गएको यस्तो पार्क रन संस्कृति नेपालमा पनि स्थापना गर्न नेपाल रन मार्फ़त प्रयास सुरु गरिएको कुरा संतोशले जानकारी दिए। पछिल्लो समय म्याराथन र दौडलाई खेलको रुपमा मात्र नलिएर शारीरिक तन्दुरुस्ती , च्यारिटी र जनचेतना फैलाउने माध्यमका रूपमा बिकसित गरिएको छ । युरोप अमेरिका तिर हरेक हप्ता बस्ति टोलका पार्क हरुका सामुहिक पार्क रन गरेर समुदायको स्वास्थ्य र त दुरुस्तीका लागि सरकारी र सामुदायिक संस्थाहरुले पहल गर्ने चलन बढेको छ।

 सुन्दर नगरी पोखरामा हुने उक्त म्याराथन दौड़ संग़ै नेपाल भ्रमण गर्न बेलायत लगायत संसारभरबाट भागलिनेहरूको संख्या बढ़ने क्रममा रहेको आयोजना सहयोगी मनप्रसाद गुरुंग बताउँछन्। कार्यक्रममा पोखरेली मंचका चन्द्रबहादुर पुन, मनप्रसाद गुरुङ, कर्म गुरुङ, पूर्व खेलाडी संघका लोक गुरुङ लगायतले आफ्नो विचार राखेका थिए ।

(हाम्राकुराबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?