Sunday April 05, 2020

लन्डनमा “ए स्टार फाइनान्सीयलको ”आठौ वार्षिकोत्सव घर मै जस्तो रमाएर मनाइयो

९ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1366


लन्डनमा “ए स्टार फाइनान्सीयलको ”आठौ वार्षिकोत्सव घर मै जस्तो रमाएर मनाइयो

शीतलपाटीन्युज डटकम।

लन्डन । बेलायतस्थित ए स्टार फाइनान्सीय ग्रुपले आफ्नो सेवा संचालन गरेको आठ बर्ष पुरा भएको अवसरमा एक भव्य बार्षिक कार्यक्रमको आयोजना सम्पन्न गर्यो। घर जग्गासंग सम्बन्धीत समाजका अभीयन्ताहरु र ब्यवसाय सम्बन्धी किनवेच सल्लाह लीनु भयका ब्यवसायीहरु उपस्थीती रहेको सो मनोरन्जनात्मक कार्यक्रम समय तोकीए बमोजीम नै संचालन भै भब्य सम्पन्न भयको थियो।

म पनि निम्तालु भयकोले ६ बजे बेलुका निमन्त्रणालाई उल्लासमय बनाउन पुग्दा आयोजकहरु स्वागत गर्न तयार भयको पाउदा अत्यन्तै खुसी लाग्यो। आयोजकहरुको फोन आयो टैक्सद्वारा निमन्त्रणा आयो त्यसैकारण म पनि आयोजकहरुको कार्यक्रमलाई पुर्ण मनोरन्जनात्मक बनाउने सोच राख्दै सहभागी हुन गन्तव्य लण्डन समारोहमा पुगे। संस्थाको आठौ बार्षिक कार्यक्रम मात्रै नभयर क्रिसमस सेलीब्रेसन र अंग्रजी नया बर्ष २०२० समेत भयको पार्टीमा माइकल ज्याकसनको गीतमा नाच्ने, डिस्को नाच्ने परिकल्पना गर्दै आयोजनास्थलमा पुगे पनि डिस्को भन्दा पनि अत्यन्त रोमान्टीक नेपाली राष्ट्रिय गीतहरु, लोक गीतहरुले समारोहस्थल मनोरन्जनात्मक पाए। कार्यक्रममा बेलायत बस्दै आएका गायक प्रमोद शर्माको लोकप्रिय गीतहरुले उपस्थित जमातलाई मन्त्रमुग्ध बनाएको पाए।”पिउदिन भन्दाभन्दै पिलायो साथीले, भरोसा दिलायो साथीले” नाच संगै रात्री भोजको ब्यवस्था भयको त्यो कार्यक्रममा स्वादिष्ट स्टाटर र खाना पनि व्यवस्था गरिएको पाए। खाना, नाचगान, सर्विस, उपस्थीती पारिवारीक बातावरणमा चलेको कार्यक्रम अत्यन्तै मज्जा पाए।

ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मूलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले सहभागीहरुलाई स्वागत गर्दै क्रिसमस र नयां वर्षको शुभकामना दिनु भयको सो कार्यक्रममा “उहाले कम्पनी स्थापनादेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गरिरहेको जानकारी दिनु भयको थियो।

सोमबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसीप रेस्टुरेन्टको सभाहलमा भब्य कार्यक्रमको आयोजना गरी संस्स्स्थाको वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा विभिन्न पेशाकर्मी,व्यवसायी,समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, सेवाग्राहीहरु,शुभचिन्तक तथा बेलायतका सबैजसो मिडियाको सहभागितामा ए स्टारले वार्षिकोत्सव भव्यरुपमा भयको सम्पन्न भयको थियो। कार्यक्रममा बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङ, हस्लोका काउन्सीलर बिष्णु गुरुङ, मगर संघ युकेका अध्यक्ष सुनिल राना र श्रीमती गोमा राना,तमु धींका पुर्व अध्यक्ष सुबाससिंह गुरुङ, पुर्व डिएसपी शिबजी श्रेष्ठ, सोलीसिटर राजु थापा,एनआरएन युके पुर्व अध्यक्ष योग फगामी लगायतका वक्ताले शुभकामना मन्तब्य दिनु भयको थियो।

एसएनपी प्लसका समिरनाथ प्याकुरेलले अक्सनमार्फत च्यारिटीका लागि सहयोग संकलन गर्नु भयको थियो। संयुक्त श्रेष्ठको कलाकृति तथा ओजेश श्रेष्ठले प्रदान गरेको भैरवको कलाकृति अक्सनमा राखीएको थियो। कार्यक्रममा लक्ष्मी राई लाराले आफुले स्थापना गरेको कल्याणकारी संस्था जुनकिरीबारे प्रस्तुति गरेकी र लामो समय देखी सहयोग गरेको बतायकी थिइन्।

बेष्ट १० एडभाईजर युके २०१९ भीत्र सम्मानित भयका दर्लामी आफैले इलिङ्ग सुप किचेनका बारे जानकारी गराउनु भयको थियो। सो समारोहमा ए स्टारका साझेदारहरु ग्रीन भ्युकोर्ट तथा स्ट्राबेरी स्टार समूहले पनि आफ्नो घर जग्गा कारोवारको प्रश्तुति गरेका थिए। नेपाली व्यवसायीले सञ्चालन गरिरहेको ए स्टार फाइनान्सियल सोलुसन यूकेले आफनो आठौ वार्षिकोत्सव मनाएको हो ।

https://www.facebook.com/umeshraj.moktan/videos/10214833825951775/




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?