Saturday May 08, 2021

गायिका सरु थापाद्धारा क्रिशमसको शुभकामना सन्देश

१० पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1908


गायिका सरु थापाद्धारा क्रिशमसको शुभकामना सन्देश

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन ।

विगत लामो समय देखी लोकगीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी हुन । आयोजक तथा आमदर्शक तथा स्रोताको माया , ममता र स्नेहबाट नै अवार्ड कार्यक्रममा आफनो गीत मनोनित भएकोमा उनले खुशी ब्यक्त गरिन ।

आगामी दिनमा अवार्डको मनोनयनले आफुलाई संगीतिक क्षेत्रमा अगाडि बढ्नको लागी थप हौसला मिलेको र आगामी समयमा गीत संगीतमा लाग्नको लागी थप जिम्बेवारी बढेको महशुस गरेको उनले बताइन ।
उनले अन्त्यमा हामी सगँ कुराकानी गदैँ सम्पुर्ण इसाईहरुको महान पर्व क्रिशमसको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण क्रिश्चियन दाजुभाई तथा दिदिबहिनीमा सुख शान्ती एवम समृद्धिको शुभ कामना समेत ब्यक्त गर्नुभयो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?