Sunday April 05, 2020

गोर्खा फिल्म BENEATH THE BRAVERY को प्रेषमीट भब्य, प्रथम भीसी कुलबिर थापाको दुखद: युध्दकथामा फिल्म बन्दै

१७ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1435


गोर्खा फिल्म BENEATH THE BRAVERY को प्रेषमीट भब्य, प्रथम भीसी कुलबिर थापाको दुखद: युध्दकथामा फिल्म बन्दै

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। नेपालीहरु ब्रिटीस सेनामा भर्ति भै सेनामा काम गरेको २०५ बर्ष सेवा पुग्नै लाग्दा बेलायती सरकारको रक्षाका लागी ब्रिटीस गोर्खाले लडेका दुखद लडाईहरु, बहादुरीपुर्वक जितेका युध्दहरु र दैनिक एवम पारिवारीक बिछोडका अवस्था समेत धैर्य भयर गरेका कार्यहरुको प्रस्तुती रहेको गोरखा “BENEATH THE BRAVERY” को प्रेसमीट हालै सम्पन्न भयको छ।

“पहिलो भीक्टोरीया क्रस” पदकले बिभुषित कुलबिर थापा तथा वीर गोर्खाहरुको संघर्ष,त्याग,बलिदान र गौरवशाली इतिहासलाई नयाँ पुस्ताले चलचित्रको माध्यमबाट विश्वजगतलाई चिनाउन यो फिल्म बन्न लागेको कुरा एक पुर्व ब्रिटीस गोर्खा सेनाका छोरा, कथा कल्पनाकार एवम निर्माता मध्यका प्रदिप शाहीले प्रेसमीटमा बताउनु भयको छ।


कथाकार शाहीले लण्डनमा बसोबासको अधीकार पाएर आएका पुर्व सैनीक र आश्रीत परिवारहरुलाई घुम्दै जादा धेरै पटक उलीचको चउरमा घाम ताप्दै दिन बिताएको देखेर कथाले झकझकाएको भन्दै ब्रिटीस गोरखाहरुले गरेका कामको इतिहास खोज्न तथा नेपालीले प्रथम बिश्वयुध्द र दोश्रो बिश्वयुध्दमा बेलायत सरकारलाई युध्द जीत्न पुर्याएको सहयोग ज्यान कै बलीदानीलाई कथामा समेटेर बिश्वमा प्रचार गर्न यो फिल्मले ठुलो काम गर्ने छ भन्नु भयको छ।शाहीले गोर्खा फिल्म बनाउन कथा बने पनि फिल्म बनाउन निर्माताहरुमा आर्थीक कमजोर रहेकोले सहयोगको अपिल समेत गर्नु भयको थियो। निर्माताहरुले भोलेन्टेयर भै सुटिड्ग गर्दै रहेको, नाफाका लागी सुटीड्ग गरेको नभै नाफा भयमा गोरखा वयलफेयर ट्रस्टलाई सहयोग गर्ने धारणा रहेको बताउनु भयको थियो।

शाही फिल्म्सद्वारा प्रस्तुत गरीने गोर्खा “ BENEATH THE BRAVERY” को प्रेषमीट निसा गुरुड्गले संचालन गर्नु हुदै सुटीड्गका राम्रा पक्ष र अपठारा पक्षको चर्चा गर्नु भयको थियो। भीसी कुलविर थापाको रोलमा समीर गुरुड्ग र श्रीमती कुलविर मैया थापाको रोलमा गौमाया गुरुड्गको प्रस्तुति रहेको फिल्ममा युध्दमा जादा परिवारको रोलको कस्तो शंझना रहन्छ भन्ने कुरा पनि फिल्ममा रहेको बताउनु भयको थियो। उपस्थीत सहयोगी कलाकार, क्यामराम्यानहरुको अनुभव प्रस्तुत सो कार्यक्रममा मधु गुरुड्गले आयब्यय प्रस्तुत गर्दै ननप्रफिटेवल च्यारीटेवल सो फिल्म बनाउन २५ हजार पौण्ड लाग्ने योजना रहेको र ५ हजार पौण्ड अपुग भयको बताउनु भै सहयोगको अपिल गर्नु भयको थियो।


पुर्व ब्रिटीस गोर्खाहरुको भब्य उपस्थिती र खचाखच भरिएको सो प्रेसमीट कार्यक्रममा बिजीडब्लुएसका प्रमुख पुर्व मेजर टिकेन्द्रदल देवान, सृजनशील समाजका संस्थापक शेर बहादुर सुनार, पुर्व मेजर राई, पुर्व मेजर ग्यारी घले,मगरसंघ युकेका अध्यक्ष सुनील राना, बरिष्ठ फोटो ग्राफर मीलन तमु, समाजसेवी प्रकास गुरुड्ग , फण्ड राइज कोअर्डीनेटर कुल थापा, प्रतिष्था राउत समेतले फिल्मले बेलायतको रक्षा र शान्तीका लागी नेपालीहरुले ज्यानको बाजी राखेर रगतको खोलो बगायर पुर्याएको योगदानको प्रचार हुने र नेपालीको पहिचान हुने भन्दै आफ्नो बक्तब्य राख्दै फिल्म उत्पादन गर्न आर्थीक सहयोग पुर्याउनु भयको थियो।


पत्रकारहरुमा फोनिज युके अध्यक्ष प्रमीला लाबुड्ग राई, नेपाल पत्रकार महासंघ युके शाखा सचीव एवम एभरेष्ट टाइम्सका पुर्ण गुरुड्ग, शीतलपाटीका सम्पादक बाचस्पति रेग्मी, बरिष्ठ फोटोग्राफर मीलन तमु गुरुड्ग, गोरखा च्यानलकी संचालीका बिमला सेनी, बिजीडब्लुएसकी सुनिता राना, हेेेव मुुुवमेेेन्टका नवीन गुरूङको उपस्थीत थियो। स्वस्फुर्त रुपमा ६ हजार ५०० पौण्ड उठेको सो कार्यक्रममा ७२ मीनेटको  बेेेेलायतमा छायाङ्कन गरीएको फिल्म मार्च सम्ममा बन्ने र छिट्टै बजारमा आउने कुरा निर्माता निर्देसक शाहीले बताउनु भयको छ। पहिलो बिश्व युध्दमा बहादुरी पुर्वक
लडेर कुलविर थापाले नेपालीहरु मध्य पहिला भीक्टोरियाक्रस पाउनु भयको छ भने हालसम्म १३ जनाले पाएकाछन।बेलायत सरकारको यो पदक राष्ट्रसेवा गरे बापतको ठुलो पुरष्कार हो।



नेपालको युवाहरुको ऐतिहासिक कदम आफैमा गर्ब र प्रसंशानिय कार्य हो।सम्पुर्ण नेपालीहरुको लागि गौरव हो भने वीर पू्र्खाहरुको लागि सच्चा श्रद्धाञ्जली हो। नयाँ पुस्ताको यस महान सोचमा  निर्माणाधीन अवस्थामा रहेको वीर गोर्खा भीसी कुल वीर थापा लगायत लाखौं वीर गोर्खा र कुलविर थापाको परिवार जस्तै लाखौं वीर गोर्खाहरुको जहान परिवारको कथा ब्यथामा आधारित यो चलचित्र मार्च भीत्र सम्पन्न हुदैछ। अन्तमा चलचित्रको यस अभियानमा दिन रात, भोक, मानसिक,भौतिक,आर्थिक संघर्ष इत्यादि संग जुददै वीर पुर्खाको लागि  जोस जागर र उत्साहित भएर लाग्नु हुने "गोर्खा मुभि" टिमका सम्पुर्ण युवाहरूलाई बधाई।


Web: www.gurkhathemovie.com

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?