Monday July 04, 2022

भ्रमण वर्षको पहिलो दिन नेपालमा पर्यटक कति आए?

१८ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 6055


भ्रमण वर्षको पहिलो दिन नेपालमा पर्यटक कति आए?

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ, नेपाल। सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन गरेकै दिन ५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन्२०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ मै ५हजार ३९३ जना विदेशी पर्यटक हवाइ मार्गमार्फत नेपाल भित्रिएका छन् । स्थलमार्गबाट भित्रिएका पर्यटकको भने तथ्यांक संकलनकोकाम भईरहेको अध्यागमन विभागले जनाएको छ । 

विभागले हरेक २/२ महिनामा तथ्यांक सार्वजनिक गर्ने गरेको छ। तर हवाइ मार्गबाट आएका पर्यटकको भने विमानस्थलमा सम्बन्धितएयरलाइन्स कम्पनीले तथ्यांक टिपाउने भएकाले सहजै पाउन सकिने विभागले जनाएको छ। स्थलमार्गबाट आउने पर्यटकको भने विभिन्ननाकाबाट तथ्यांक संकल गरेर एकमुष्ठ रुपमा उपलब्ध गराउन सकिने विभागका निर्देशक एवम् सूचना अधिकारी रामचन्द्र तिवारीलेजानकारी दिए ।

एक वर्षमा २० लाख पर्यटक ल्याउन एक दिनमा ५ हजार ४८० पर्यटक आउनुपर्नेछ । हवाई मार्गबाटै ५ हजार ३९३ जना विदेशी पर्यटकआएकाले पहिलो दिनमा लक्ष्य अनुसारकै पर्यटक भित्रिएको विभागको दाबी छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?