Friday January 21, 2022

कृष्णको परिवारमा रुवाबासी ! कृष्णको गयो ज्यान,सपना चकनाचुर

१८ पुष, २०७६ शीतलपाटीन्युज डटकम 1543



काठमाडौँ । जापान जान हिँडेका पर्वतका एक युवकको नि*धन भएको छ । पर्वतको कुश्मा नगरपालिकाका अन्दाजी ३० वर्षका कृष्ण प्रसाद तिवारी जापान जान भनेर भारतको बाटो हुँदै हिँडेका थिए । तर जन्डिस रोग आँफु भित्र भित्रै पालेका कृष्णलाई पत्तै थिएनकी आजको यो दिन आउँछ भन्ने । जापानको यात्रामा निस्किए पनि उनी बिचबाटोमा बिरामी परेको भने पत्तो पाए । र भारतमा नै आँफन्तको जिम्मा लगाइदिएर जापान जाने एजेन्ट पन्छिए । आफन्तले उनलाई भारतबाट नेपाल ल्याउँदा उनी अचेत भइसकेका थिए ।

अस्पतालले जन्डिसका कारण कृष्णको नि*धन भएको पारिवारिक स्रोतले ओएस नेपाललाई जानकारी दियो । यसअघि मलेसिया, दुबई लगायतका खाडी मुलुक पुगेर आएका कृष्णको जापान जाने सपना त अधुरो रह्यो नै उनले ३ वर्ष अगाडी विबाह गरेकी पत्नि र वर्ष दिनकी छोरीलाई नभनी सुटुक्क गएका छन् । कृष्णको परिवारमा २ दाई र आमा छन् । कृष्ण परिवारका कान्छा छोरा हुन् । मिलनसार र समाजमा निकै सहयोगी स्वभावका कृष्णको अल्पायुमानै भएको निधनले सिंगो कुश्मा नै शोकमा डुबेको छ । कृष्णको आत्मालाई शान्ती मिलोस् । हाम्रो कामना ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?