२६ पुष, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन । "भिजिट नेपाल २०२०"लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउने उदेश्यले चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्था चितवन एड ट्रस्ट (क्याट) यूकेले नेपालको लागी लण्डनमा पद यात्रा गर्ने र भिजीट नेपाल २०२० को प्रचार गर्ने भएको छ।
सस्थाका अध्यक्ष जिबन सेन अनुसार अफिसियल कार्यक्रम मिती: १६-०२-२०२० बिहान १०:३० साउथ इस्ट लण्डन वूलविचमा रहेको गोर्डन स्क्वायरमा सुरु हुने र पद यात्रा सोहि दिन १२ बजे गोर्डन स्क्वायरबाट लण्डनको पर्यटकीय नगरी ग्रीनविच कट्टी सार्क सम्म हुनेछ ।
अफिसियल कार्यक्रममा बेलायतमा रहेको नेपाली राजदुतावासबाट भिजिट नेपाल २०२० बारेमा मन्तब्य दिने र (क्याट) यूकेले नेपालको बारेमा डकुमेन्ट्री देखाउने सस्थाका महासचिब टि यन रिजालले जनाआउनु भयको छ ।
पद यात्रा समापन भयपछि ग्रीनविच कट्टी सार्कमा नेपाल सम्बन्धी फ्लायर बितरण गर्ने सस्थाका अध्यछ्य जीवन सेनले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ।
उक्त पद यात्रामा बेलायत स्थित सम्पूर्ण संघ संस्थालाई सहभागीताको लागी चितवन एड ट्रस्ट (क्याट) यूके परिवारले हार्दिक आव्हान गरेको छ ।
Venue :
Gordon Square Woolwich
Date : 16/02/2020 Time : 10:00 AM