Wednesday May 27, 2020

हिउँदमा हिमाल चढ्न २७ विदेशीलाई अनुमति

२८ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1248


हिउँदमा हिमाल चढ्न २७ विदेशीलाई अनुमति

शीतलपाटीन्युज डटकम।

काठमाडौं– हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । यो याममा उनीहरुले ६ हजारमिटर माथिका तीन हिमाल आरोहणका लागि पर्यटन विभागवाट आरोहण अनुमति लिएका छन् ।

सगरमाथा, आमादब्लम र नुप्से गरी तीन हिमालका लागि स्पेनका २३ आरोहीले अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि एकसमूहका तीन आरोही, नुप्से आरोहणका लागि एक समूहका पाँच आरोही र आमादब्लम आरोहणका लागि एक समूहका १५ आरोहीलेअनुमति लिएका हुन् ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार यस याममा चार हिमाल आरोहणका लागि चार देशका २७ आरोहीले आरोहणअनुमति लिएका छन् । सबैभन्दा धेरै स्पेनी आरोहीले अनुमति लिएका हुन् । यसअघि सगरमाथा आरोहणका लागि जर्मनीका हग डेनियलर जोस्ट कोबुचले अनुमति लिएका थिए । उनीहरु विभागबाट आरोहण अनुमति लिएर आधार शिविरतर्फ गइसकेका छन् । यस याममामात्रै सगरमाथा आरोहणका लागि दुई समूहका पाँच आरोहीले अनुमति लिएका छन्।

विभाग, पर्वतारोहण शाखाका अनुसार गत वर्ष हिउँदमा सगरमाथा आरोहण अनुमति लिने आरोही शून्य रहेकामा सन् २०१८ मा एकसमूहलाई आरोहण अनुमति दिइएको थियो । त्यस्तै रोक्पाइ हिमाल आरोहणका लागि अमेरिका र चीनका एकएक आरोहीले अनुमतिलिएका छन् ।

सरकारले चार अङ्ग्रेजी यामलाई तीन भागमा विभाजन गरेर हिमाल आरोहणको शुल्क लिँदै आएको छ । वसन्त ऋतुमा सगरमाथाआरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, शरद ऋतुमा त्यसको ५० प्रतिशत अर्थात् पाँच हजार ५ हजार तथा शिशिर रग्रीष्ममा शरदको आधा अर्थात् दुई हजार ७५० डलर तोकिएको छ ।

आरोहीले शिशिर र ग्रीष्ममा सगरमाथा आरोहणका लागि दुई हजार ७५० अमेरिकी डलर राजश्व बुझाउनुपर्ने हुन्छ । विभागका अनुसारराजश्वमा भारी छुट पाएसँगै विदेशी आरोही वसन्तबाहेकका समयमा पनि हिमाल आरोहणमा आउन थालेका छन् ।

विभागले आरोहीको मागअनुसार अङ्ग्रेजी चारै याममा आरोहण अनुमति दिएपछि बाह्रै महिना आरोहण खुला भएको छ । ‘विशेषगरीविन्टर र समर सिजनमा आरोहण अनुमति दिने गरिएको थिएन तर आरोहीले विन्टर र समर सिजनमा समेत अनुमति मागेपछि हिमाल बाह्रैमहिना खुला भएको छ,’ निर्देशक आचार्यले भने, ‘आरोहीले आरोहण अनुमति मागे हामी सरकारले खुला गरेको ४१४ वटै हिमालआरोहणका लागि ३६५ दिन नै अनुमति दिन्छौँ ।’ गत वर्षसम्म दुई याममा मात्रै आरोहण अनुमति दिइएकामा यस वर्ष चारै याममाआरोहण अनुमति दिइएको छ ।

(Highlightstourism.com)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?