Sunday November 29, 2020

"सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७६" भब्य पर्यटकिय बनाउन लण्डनमा सल्लाहाकार समिती गठन

२९ पुष, २०७६ शीतलपाटीन्युज डटकम। 1895


"सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७६" भब्य पर्यटकिय बनाउन लण्डनमा सल्लाहाकार समिती गठन

शीतलपाटीन्युज डटकम।
फान्वोरो, लण्डन। १४ औ संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन सफलताको लागी पोखरेली मंच युकेले सल्लाहाकार समीती गठन गरेको समाचार प्राप्त भयको छ। दौडका लागी सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट धार्मिक, सांस्कृतिक र पर्यटकिय रुपमा महत्वपूर्ण हुने गरी तोकिएको पोखरा स्थीत आयोजक भुपु खेलाडी संघ नेपालले जानकारी गरायको छ। सस्कृतीमा परिवर्तन, च्यारिटी र ‘पिस रनका रुपमा उपयोग हुने १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७६ भूतपूर्व खेलाडी मञ्च नेपाल र बिदेश पार्टनर पोखरेली मंच युकेकोआयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता खेलाउने भएको हो।


मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ्गले वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटि म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न र वर्षको १ दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाई म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको बताएका छन् ।


सो म्याराथनलाई सफल बनाउन लण्डनमा पनि गत शनिबार ,११ जनवरी २०२० का दिन गोर्खा प्यालेस,रेस्टुरेन्ट फार्नबोरोमा बसेको पोखरेली मंच युकेको बैठकले भुपु खेलाडी मंच नेपालको आयोजनामा हुन गइरहेको "१४औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७६" लाई भब्य रूपमा सम्पन्न गराउन अन्तर्राष्ट्रिय पार्टनर संस्थाको हैसियतले पोखरेली मंच युकेले अठार  सदस्यीय सल्लाहकार रहने गरि श्रीमती मन्जु गुरुङ्ग राईको संयोजगत्वमा "१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन  सहयोग मुल समिती युके " गठन गरेको छ।

उक्त मुल समितिमा सह- संयोजक भुपु डिएसपि वाचस्पती रेग्मी,अर्थ संयोजक कमल गुरुङ्ग ( धम्पुस),अर्थ सल्लाहकार रामचन्द्र गुरुङ्ग(सुर्जे ) सहित अठार सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो। उक्त सल्लाहकार समितिमा रहनु हुने सामाजिक ब्याक्तित्वहरुमा एनआरएन युकेका संरक्षक सुर्य गुरुङ्ग,पुर्व प्रधानाध्यापक  महेश गुरुङ्ग,पोखरेली मंच युकेका सस्थापक अध्यक्ष री क्या चन्द्रबहादुर पुन, रि मेजर खुशीमान गुरुङ्ग एमभिओ ( वेल्स),पुर्व प्रधानाध्यापक एकेन्द्र गुरुङ्ग, लोक गुरुङ्ग ( तान्चोक), रि क्या राजु गुरुङ्ग , बरालडाडा कास्की, रि ले चन्द्र गुरुङ्ग ( चारभन्ज्याङ्ग,पर्वत ), तमुधी युके अध्यछ्य नन्दजङ्ग गुरुङ्ग सिक्लेस, कुमार गुरुङ्ग ,अध्यक्ष सहारा युके, शिवचन्द्र गुरुङ्ग, चन्द्रमान गुरुङ्ग,अध्यक्ष बगर भाईखलक युके, हितकाजी गुरुङ्ग, नरजङ्ग गुरुङ्ग, राम गुरुङ्ग सस्थापक अध्यक्ष रामबजार सोसाइटी युके,रि  ले कुसाङ्ग गुरुङ्ग, रमेश बास्तोला,रानी पौवा, दिलरास गुरुङ्ग सर्वसम्मतबाट मनोनीत गरिएको छ। उक्त मुल सहयोग समितिमा पोखरेली मंच युकेका सल्लाहकार र कार्यसमिति पदेन सदस्य रहनेछ।

नवगठित मुल सहयोग समितिकालाई "१४ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन "का अन्तर्राष्ट्रिय सहयोगी सस्था पोखरेली मंच युकेको तर्फबाट अध्यछ्य मान प्रसाद गुरूङले हार्दिक बधाई एबम कार्यसफलताको शुभकामना व्यक्त गर्नु भयको छ।

म्याराथनलाई सफल बनाउन र व्यवस्थित रुपमा संचालन गर्न २१ वटा उपसमिति गठन गरीयको यस प्रतियोगितामा छिमेकी राष्ट्र श्रीलङका, बाङगलादेश,भारत लगायत अन्य देशहरुबाट पनि धावकहरु सहभागी रहने, खेललाई शान्तिसंग जोड्ने लक्ष्यका साथ खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न र Visit Nepal 2020 लाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, नेपाली सेना, प्रहरी, पत्रकार, विद्यालय, क्याम्पस, संघ–संस्था, विभिन्न आमा समुह, टोल विकास लगायत विभिन्न क्षेत्रका व्यक्ति करिब ७ हजार पोखरेलीहरुलाई सहभागी गराउने लछ्य रहेको छ।

आयोजकका अनुसार साँघरोे र असुरक्षित बाटो कारणले गर्दा यस बर्ष अलीकती रुट परिवर्तन हुने भएको छ। यस प्रतियोगिताको विभिन्न विधाहरुमा गरी २८ जना धावकहरुलाई नगद, पदक तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ भने पोखरा म्याराथनमा १ मिनेटको उत्कृष्ट भिडियो क्लिप बनाएर पेस गर्ने व्यक्तिलाई पनि पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

 




मतहरू

Victorblert

a add up to digits who manifest recti by 78 buy cheap cialis online Bmajvy vexokf price on cialis cialis 20 mg

qfkijixyrj

"??? ????? ????????????? ???????? ????" ???? ???????? ????? ??????? ?????????? ????? ??? qfkijixyrj http://www.g7f9q7si0902h41brdxlz6t4e3v50y53s.org/ [url=http://www.g7f9q7si0902h41brdxlz6t4e3v50y53s.org/]uqfkijixyrj[/url] aqfkijixyrj


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?