Wednesday September 28, 2022

एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार

१ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 5040


एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार भएको छ। विभागका प्रमुख एवम् एनआरएनए यूकेका प्रवक्ता रामकुमार गुरुङले विभागमा  संयोजक,सदस्यहरु र सल्लाहकारहरु नियुक्त गरेका छन्।

विभाग प्रमुख गुरुङका अनुसार विभागको संयोजकको जिम्मेवारी पत्रकार ध्रुवराज अर्याललाई दिइएको छ । विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पुर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ। त्यस्तै, सल्लाहाकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नविन पोखरेल र प्रमिला लाबुङ राई मनोनित भएका छन् ।
विभागमा संयोजकको जिम्मेवारी पाउने अर्याल नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालीपत्रका सम्पादक उनी अन्नपुर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाताका रुपमा समेत कार्यरत छन्। उनी यसअघिको एनआरएनए यूके मिडिया तथा प्रेस विभागमा पनि सदस्यसचिव थिए ।

विभागमा सदस्य मनोनितहरुमध्ये बाचस्पति रेग्मी पत्रकार महासंघ बेलायतका पार्षद हुन् । उनी शितलपाटीन्यूजका सम्पादक पनि हुन्। त्यस्तै, नरेन्द्र बस्नेत पत्रकार महासंघ बेलायतका उपमहासचिव तथा रातोपाटी अनलाइनका बेलायत संवाददाता हुन् । पुर्ण गुरुङ र जगन कार्की दुवै पत्रकार महासंघ बेलायतका सचिव हुन् । गुरुङ एभरेष्ट टाइम्स यूके र नागरिकखबर अनलाइनसंग आबद्ध छन् भने कार्की साउथ एशिया टाइम अंग्रेजी अनलाइनका सम्पादक हुन्।

त्यसैगरी, विभागको सदस्य मनोनित भएका खेमराज रानाभाट पत्रकार महासंघ बेलायतका कार्यसमिति सदस्य, प्रेस युनियन बेलायतको उपाध्यक्ष तथा नेपाली वेभ अनलाइनका सम्पादक हुन् । 

विभागको सल्लाहकारमा मनोनित हुने भगिरथ योगी लामो समय बिबिसीमा आबद्ध रहेका वरिष्ठ पत्रकार हुन् । उनी पत्रकार महासंघ बेलायतमा सल्लाहकार छन् ।  त्यस्तै, अर्का सल्लाहकार नविन पोखरेल कान्तिपुर दैनिक र कान्तिपुर टिभिका बेलायत संवाददाता हुन्। झण्डै डेढ दशकदेखि बेलायतमा सक्रिय उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् ।
सल्लाहकारमा मनोनित प्रमिला लावुङ राई फोनिज यूकेकी अध्यक्ष हुन् । बिजिडब्लुएस रेडियोमा कार्यरत उनी पत्रकार महासंघ बेलायतमा पनि पार्षद छन् ।

विभागका प्रमुख एवम् एनआरएनए यूके प्रवक्ता रामकुमार गुरुङले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको प्रतिनिधि मुलक सहभागितामा विभाग बिस्तार गरिएको बताए । विभागको सिंगो टिम र सल्लाहकार समेतको सहभागितामा छिट्टै एक बैठक गरी भावी कार्ययोजना तय गरिने उनले जानकारी दिएका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?