२९ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम ।
क्याण्टरवरी- विश्व साहित्यमहासंघले आफ्नो दोश्रो विश्व साहित्य सम्मेलन सम्पन्न गरेको छ ।
विश्व साहित्यमहासंघ केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सह सहआयोजक नेपाली साहित्य विकास परिष यूकेको आयोजनामा गत आइतबार क्याण्टरवरी क्राइस्ट चर्च युनिभर्सिटीको हलमा आयोजित सम्मेलनमा बेलायत बाहिरबाट आएका बरिष्ठ साहित्यकार तथा भाषाविद्हरु र बेलायतका नेपाली साहित्यकार तथा साहित्यानुरागीहरुको बिशेष सहभागीता रह्यो ।
सम्मेलनका प्रमुख र बिशेष अतिथिहरुमा बेलायतका लागि नेपाली राजदुत एवं कवि डा। दुर्गा बहादुर सुबेदी (दुबसु क्षेत्री) , सुविख्यात कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्रा। गोविन्द प्रसाद भट्टराई, पूर्व राजदुत प्रा। नोवलकिशोर राई र बरिष्ठ लेखक, चिन्तक तथा राजनीतिक बिश्लेष खगेन्द्र संग्रौला थिए । त्यस्तै जर्मन प्रा। बी श्रेसर र अष्ट्रियाको भियनामा रहीबिगत ४० बर्षदेखि नेपाली भाषा र साहित्यका प्रवद्र्दक गर्दै आएकी शिला स्टेनरकोपनि सम्मेलनमा आतिथ्यता रह्यो ।
सम्मेलनमा विश्व साहित्य महासंघले कवि तुलसी दिवसलाई सगरमाथादुत सगरमाथा २०१८ र बेल्पाली साहित्यकार लक्ष्मी राई थापालाई नेपाल साहित्यदुत धौलागिरी २०१८ ले सम्मान गर्यो ।
सम्मेलनको अवसर पारेर प्रमुख र बिशेष अतिथिहरुको बाहुलीबाट महासंघले जम्मा सात वटा पुस्तकहरु लोकापर्ण गरेको छ । जसमध्ये विश्वनेपाली महासंघ आबद्ध स्रष्टाहरुको संकलित रचनाहरुको संगालो संगालो बिनेसामदर्पण, प्रा। कृष्ण प्रसाद श्रेष्ठद्वारा सम्पादित रसियाली कविताहरुको अनुवाद कविता रुसी पल्लव, प्रा डा। गोविन्दराज भट्टराईको मेरो पहिलो बेलायत यात्रा, विश्व साहित्य महासंघ केन्द्रीय सहसचिब सुनिता राई कन्दङवाको एक जुवा घाम, बेल्पाली जानु काम्बाङको नउघ्रेको जून र अर्का बेल्पाली साहित्यकार केदार संकेतको बुद्दल्याण्ड टु मदरल्याण्डको लोकार्पण भएको हो ।
खगेन्द्र संग्रौलाका बिचारहरु (भिडियो)
सम्मेलनमा जम्मा पाँच वटा कार्यपत्रहरु प्रस्तुत रहे । जर्मन प्रोफेसर बी श्रेसरले नारायण वाग्लेको पल्पसा क्याफेको बारेमा, विश्वासदीप तिगलाले नेपाली साहित्य र नेपाली भाषा साहित्यको बारेमा र बिजय (ब्रायन) हितानले बेल्पाली लाहुरे स्रष्टा र युद्द साहित्यको बारेमा आआफ्ना प्रस्तुतिहरु दिए । त्यस्तै कार्यक्रमका प्रमुख आकर्षणहरु मध्येका दुई ब्यक्तित्वहरु खगेन्द्र संग्रौला र प्रा। गोविन्द भट्टराईले क्रमश नेपाली भाषा र यसका बिकृतिहरु र डायस्पोरा नेपाली साहित्यको बारेमा आफ्ना बिचारहरु राखे ।
वेल्पाली लाहुरे सृष्टा र युद्दसाहित्य बिषयमा बिजय (ब्रायन) हितानको प्रस्तुति (भिडियो)
कार्यक्रममा अतिथिहरुमा अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङ, लक्ष्मी राई थापा (लारा), नेफिनयूके अध्यक्षजंग सुनुवार, नेपालपत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर फोनिज यूके सल्लाहकारहरु दुतपुन र प्राध्यापक सुमाया राई, एनआरएन आईसीसी सदस्य कुमारी गुरुङ, नेपालीजनसम्पर्क समिति युके उपसभापति कोपिला सुब्बा लगायत बेलायतमा रहेका धेरैजसो साहित्यकारहरु उपस्थित थिए ।
सम्मेलनका सहभागीहरुलाई थीर थापाको गायन, सेमन्त राई, सुरेन्द्र इङनाम र भरत लोहरुङ सहितको समुहको बाँसुरी बादन र मलियान, नेहा र विनाको समुह नृत्यले निकै नै मनोरञ्जन दिलाए । कार्यक्रमको अन्ततिर गीतकार जानु काम्बाङ लिम्बु र कवि लालसुन्दर राईले आआफ्ना कविताहरु वाचन गरे ।
विश्व साहित्यमहासंघका केन्द्रीय अध्यक्ष विस्वासदीप तिगेलाले अध्यक्ष गरेको कार्यक्रमलाई केन्द्रीय सचिब केदार संकेत र गीतकार जानु काम्बाङ लिम्बुले संयक्त रुपमा सञ्चालन गरे ।
घोषणापत्र
आज मिति १२ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति र विश्वभरका २७ शाखा र सहआयोजक नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा क्यान्टवरी क्राइसचर्च युनिभर्सिटीको हलमा सम्पन्न दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले निम्न ८ बुंदा घोषणा गर्दछ ।
१- नेपाल भित्र बोलिने सबै ९ (मातृ) भाषाहरुको साहित्य तथा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।
२- खस (जुम्ली) भाषालाई देव नागरिक लिपीमा लेखिएको साहित्य नै नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।
३- नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।
४- नेपाली बर्ण विन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।
५- नेपाल भित्र बोलिने १२५ भाषाहरु मध्ये झण्डै २ दर्जन भाषाको कवितालाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ ।
६- देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरुलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख ब्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मूल्याङ्कन गरि सम्मानहोस भनी जोडदार माग गर्दछ ।
७ - नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ठ भईसकेकोले नेपाली साहित्य आकासमा यसको ब्यापक पठनपाठनहोस भन्ने माग गर्दछ ।
८- यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने २० मुलुकका २७ शाखाहरु, सहयोगदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।