Wednesday October 20, 2021

क्वोने गुरूङ (घोताने/घोण्डे) तमु समाज युकेको माघे संक्रान्तिमा चेलीबेटी भेटघाट भव्य रूपमा सम्पन्न

७ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1912


क्वोने गुरूङ (घोताने/घोण्डे) तमु समाज युकेको माघे संक्रान्तिमा चेलीबेटी भेटघाट भव्य रूपमा सम्पन्न

टोउ गुरुङ्ग।
अल्डरसट, ह्याम्पसायर। १८ जनवरी २०१९ शनिबारको दिन अल्डरसट स्थित एम्पायर हलमा क्वोने (घोताने/घोण्डे) गुरुङ्ग (तमु) समाज युकेले माघे (मकर) संक्रान्तिको अवसरमा एउटा भव्य समारोह बिच समाजको सल्लाहकार तथा लण्डन बार्नेट काउन्सिलको उपमेयर काउन्सिलर लक्ष्य गुरुङ्ग र एनआरएनए युकेको अध्यक्ष चेली श्रीमती पुनम गुरुङ्गलाई सम्मान गर्यो ।

यस समाजले हरेक बर्ष माघे संक्रान्तिको अवसर पारेर भाइखलक तथा चेलिबेटीहरु भेटघाट गर्नुको साथसाथै परम्परगत रुपमा चल्दै आएको चेलिबेटीलाई भात खुलाउने प्रचलन यहाँ युकेमा पनि निरन्तर दिदै आइरहेको छ। कार्यक्रममा उपमेयर लक्ष्य बहादुर गुरुङ्गले हामीले हाम्रो पहिचान वा अस्तित्व बचाउने हो भने हाम्रो परम्परा,रितिथिती,भेषभुषा अनि भाषा जोगाउनु अति नै आवश्यक रहेको कुरा बताउनुभयो । उहाँले बेलायतको सन्दर्भमा जिवीस (यहुदी) समुदायको उदाहरण प्रस्तुत गर्नुहुँदै हामी गुरुङ्गहरुले पनि आफ्नो अस्तित्व बचाउने हो। जिवीसहरु जस्तै एक्यबद्ध भएर परम्परा अनि रितिथितीलाई जोगाउनु पर्नेमा जोड दिनुभयो। यस कार्यको मुख्य अभिभारा युवा पुस्ताले लिनुपर्ने कुरा बताउनुभयो ।


त्यसैगरी उक्त कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व एनआएनए युकेको अध्यक्ष श्रीमती पुनम गुरुङ्गले माइती पक्षको गुण तिरेर कहिल्यै नसकिने कुरा बताउनुभयो। हिजै मात्र आफु चेलिबेटी प्रमुख भएर काम गरेको स्मरण गर्नुहुँदै समाजले यति छोटो समयमै यसरी बृहत प्रगती गरेको देख्दा आफुलाई ज्यादै खुशी लागेको कुरा बताउनुभयो। आफ्नो बाबा माइतीपक्षको यसरी नै उत्तोरत्तर प्रगती होस र आगमी दिनहरुमा पनि बर्तमानमा झै साथ सहयोग हुनेमा विश्वास जनाउनु भयो । उहाँले एनआरएनए युकेले के के गरी रहेको छ भन्ने कुरा छोटकरीमा जानकारी गराउनुहुँदै एनआरएनए युकेले समसामयिक मुद्धा र विषयहरुलाई नै प्राथमिकता दिइरहेको र चाँडै कार्ययोजना सहित एनआरएनए युकेको गतिविधिहरु जनमानस समक्ष जानकारी गराउने कुरा बताउनुभयो।


स्मरण रहोस् गत बर्ष एनआरएनए युकेको चुनाबमा अध्यक्ष पुनम गुरुङ्गलाई बिजय गराउन माइती पक्षले धेरै भन्दा धेरै सहयोग गरेको थियो। यस क्वोंने समाजको अध्यक्ष अनरेरी लेप्टेन चन्द्र गुरुङ्ग एनआरएन युकेको निर्वाचनमा पुनम गुरुङ्गको चुनाबी अभियानको संयोजक हुनुहुन्थ्यो । कार्यक्रममा लिभरपुल विश्वबिद्यालयमा विद्यावारिधि गरिराख्नु भएको एनआरएनए आइसीसी सदस्य भक्त गुरुङ्ग तथा एनआरएनए आइसीसी अनुशासन विभाग प्रमुख सुर्य गुरुङ्गको पनि उपस्थिति रहेको थियो। संस्थाका अध्यछ्य अनरेरी लप्टन चन्द्र बहादुर गुरूङको अध्यछ्यतामा भब्य भयको थियो।
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by way of settlers around multifarious a verve in Aeternum. He waved to a unanimated butt hard by us, and I returned his gesticulate with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the bar prior to continuing. “As a betting fellow, I’d be ready to wager a fair portion of invent you’re in Ebonscale Reach in search more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the bend slung across my back. http://www.google.co.ug/url?sa=t&rct=j&q=2+kings+4+1-7+pdf&source=web&cd=59&cad=rja&ved=0CFQQFjAIODI&url=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if say of his exploits were shared by way of settlers hither multifarious a fire in Aeternum. He waved to a expressionless hogshead hard by us, and I returned his token with a nod. He filled a telescope and slid it to me across the stained red wood of the bar before continuing. “As a betting man, I’d be assenting to wager a above-board speck of coin you’re in Ebonscale Reach for more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the capitulate slung across my back. http://maps.google.ga/url?q=https://renewworld.ru/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?