Wednesday April 08, 2020

एन्फा कास्की अध्यक्षलाई झापड हानेको कसुरमा प्रदेश सांसद मनाङे पक्राउ

९ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1144


एन्फा कास्की अध्यक्षलाई झापड हानेको कसुरमा प्रदेश सांसद मनाङे पक्राउ

शीतलपाटीन्युज डटकम।

कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । एन्फा कास्कीका अध्य़ मीलन गुरुड्गलाई कुटपीट गरेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एन्फा कास्कीका अध्यक्षले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए । खेल मैदानमा आफुलाई कुटपिट गरेर अभद्र व्यवहार गरेको भन्दै फौजदारी संहिताअनुसार कारबाहीको माग गर्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका थिए ।

मुख्यमन्त्री कप फुलबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएर मंगलबार सांसद मनाङ्गेले गुरुङलाई कुटपिट गरेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?