Tuesday October 20, 2020

लण्डन दूतावासमा नेपाली सर्जकहरु सम्मानित

३० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1301



शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालबाट लण्डन भ्रमणमा आएका साहित्यिक सर्जकलाई लण्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी हालै सम्मान गरेको छ।
बेलायतका लागि महामहिम  राजदूत डा दुर्गाबहादुर सुवेदीले सोमबार साँझ राजदूतावास मै आयोजना गर्नु भएको  कार्यक्रममा सर्जकहरुलाई सम्मान गर्नु  भएको हो।
नेपाली साहित्यका धुरन्धर कवि एवम आख्यानकार तुलसी दिवस, लेखक तथा बिश्लेषक खगेन्द्र संगौला , भाषाविद् तथा जर्मनका पूर्वराजदूत नोबेल किशोर राई, समालोचक तथा निबन्धकार गोविन्दराज भट्टराई र संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीलाइ एक समारोह बिच सम्मान गरीयको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि तुलसी दिवसले नेपाली साहित्य प्रवासमा बस्ने सर्जकहरुले ठूलो योगदान पुर्‍याएको बताए। उनले प्रवासी सर्जकहरुको योगदानलाई समेटेर अब नेपाली साहित्यको इतिहास पुनर्लेखन गरिनुपर्ने धारणा राख्दै प्रवासमा मौलायको नेपाली भाषा र साहित्यलाइ नेपालमा अन्तराष्ट्रिय सम्मेलन गरेर जैलाने कार्यक्रमको छिटै तय गरीने समेत दिवसले स्पष्ट पार्नु भयो । कवि कहिल्यै भुपु नहुने र सरकारी सेवा गरेकै समयमा जस्ले नेपाली भाषा साहित्यलाइ पछ्याउन सक्छ त्यसले गर्न सक्ने कुरा स्पष्ट पारे ।
बेलायतस्थित नेपाली राजदूत डा दूर्गाबहादुर सुवेदीले बेलायतमा रहेर नेपाली साहित्यको प्रबर्धनका लागि महत्वपूर्ण काम गरिरहेको भन्दै कवि दिवसले प्रशंसा पनि गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा राजदूत सुवेदीले बेलायत जस्तो साहित्यको उर्वर भूमिमा रहेर सिर्जना गर्न पाउनु सबै नेपाली सर्जकको लागि अवसर रहेको जनाए। कार्यक्रममा सितु खरेलले गीत ,नृपेश उप्रेतीले गजल, नरेश कामवाङ राईले कविता तथा गायक बिसी राई, गायिका मिना लामाले गीत सुनाएका थिए। नायिका छुल्ठिम गुरूङले नृत्य देखाएकी थिइन् भने सयपत्री सांस्कृतिक समूहका डम्बरसिंह प्रयासले सारंगी बादन प्रस्तुत गरेका थिए।

लण्डन दूतावासका सेकेन्ड सेक्रेटरी भुपेन्द्र घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा बेलायतस्थित नेपाली साहित्यकर्मीहरु, समुदायका प्रतिनिधिहरु, पत्रकारहरु उपस्थिति रहेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?