Monday November 28, 2022

पाल्पालीको बार्षीक भेला चेलीबेटीका साथ भब्य सम्पन्न

३० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1555



शीतलपीटीन्युज डटकम।

फेलथाम,लण्डन । पाल्पा जील्लाबाट बेलायत आएर बसोबास गरेका पाल्पालीहरुले हालै बार्षिक भेला सम्पन्न गरेका छन्। पाल्पालीहरुको उक्त भेलाले बेलायतमा रहेका चेलीबेटीहरुलाई समेत निमन्त्रणा गरी मनाएको थियो। बेलायतीका लागी नेपालका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी मुख्य अतिथी रहेको सो पाल्पाली कार्यक्रम फेलथाम स्पोर्ट्स कलेज , लण्डनमा भयको थियो।संस्थाका अध्यक्ष बम बहादुर सुर्यबंसी मगरको अध्यक्षतामा भयको सो कार्यक्रममा महासचीव खुम कंवरले उद्घोषण गरी कार्यक्रम संचालन गर्नु भयको थियो ।

चेलीबेटीहरु पचास र पाल्पाली समेत गरी ३५० जम्मा रहेको सो कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य राख्नु भयको थियो । कार्यक्रममा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी ,बेलायती सेनामा उच्च पदमा पुग्नु भयका लेफ्टीनेन्ट कर्णेल द्वय याम राना र टोल खाम्चा, मेजर ज्ञान ढेगांले शुकामना मन्तव्य राख्दै पाल्पाली समाज युकेको सफलताको कामना गर्नु भयको थियो । बेलायती युनीभर्सीटीबाट पास भयका पाल्पालीका छोराछोरीहरुमा डोल थापाकी छोरी मीस रोसीना थापा मास्टर्स इन फार्मेसी, ४ जना एमबिबीएस,३ जना बिएस्सी नर्सीड्ग र एकजना मास्टर्स इन फार्मेसी, बिष्णु सुर्यबंसीको छोरीहरु मीस उषा सुर्यवंसी बिएस्सी फरेन्सीक साईन्स र मीस अनीसा सुर्यबंसी ट्राभल टुरीज्म एण्ड आोईसीटी, दल थापाको छोरी डा बाल कुमारी थापा एमबिबीएस काठमाण्डौ, लक्ष्मी आले एवम स्व मोहन आलेको छोरी सकुन्तला आले एमबिबीएस माल्टा, हर्क थापाको छोरी दिब्या थापा बिएस्सी नर्सीड्ग , माधवी थापा राई बिएस्सी नर्सीड्ग, डा आसीका राई एमबिबीएस चाइना, रीसेश्वर श्रेष्ठको छोरी एलिजा श्रेष्ठ बिएस्सी एडल्ट नर्स सफलता पुर्वक पास गरेका कारण राजदुत डा सुबेदीद्वारा सम्मान गरीएको थियो ।राजदुत डा सुबेदीबाट सम्मान गरीयको सो कार्यक्रममा पाल्पाबाट बिर्टीस आर्मीमा भर्ना भै मेजर पदमा प्रमोसन भै पुग्नु भयका ज्ञान ढेगा, सारजेन्ट सन्तराम राना, पदम पचभैया, सीसीर,लेन्स कपरल संजय,खगेन्द्र कामु मगर, राइफलमेन आकास,हेमन्त, तारा र जीवनलाई समेत सम्मान गरीयको थियो ।नेपालबाट आयका राष्ट्रीय कलाकारलाइ पनि सम्मान गरीयको थियो।

कल्चर सेक्रेटरी बिष्णु सुर्यबंसीले संचालन गर्नु भयको कार्यक्रममा लोक दोहोरी गायीका जया लक्ष्मी छन्याल पुन,लोक दोहोरी गायक बालचन्द्र बराल र चर्चीच लोक दोहोरी गायीका सुसीला गौतम र हाम्रा छोरीहरुको बेजोड प्रस्तुतीले सांगीतीक साझ उल्लासमय भयको र प्यालेस रेष्टुरेन्टको स्वादिष्ट खाना पस्किएको थियो। महिला संयोजक लक्ष्मी थापाले संचालन गरेको राफलमा ५ किसीमका बिभीन्न पुरुष्कार प्रदान गरीयकोमा प्रथम पुरुष्कार एक तोला सुन राखीयको थियो।बारीष्टर देवेन्द्र श्रेष्ठ, संरक्षक रिषीराम राना,गोरखाली समाजका अध्यक्ष कर्ण दर्लामी मगर, संस्थाका सल्लाहाकारहरु निदीराज थापा, बिसन थापा, बिष्णु श्रेष्ठ, भक्त बहादुर शाही,उपाध्यक्ष गोपाल थापा लगायत कार्यसमीती सदस्यहरु र आमाबाबा, दाजुभाई दिदीबहीनीहरुको  भब्य उपस्थीती र उल्लासमय भयको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?