Wednesday April 08, 2020

सभामुख सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको लिय सपथ

१३ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1078


सभामुख सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको लिय सपथ

शीतलपाटीन्युज डटकम।
माघ १३, काठमाण्डौ। सभामुखमा निर्वाचित हुनु भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ गराउनु भएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरूको उपस्थित रहेको थियो।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित हुनु भएको हो । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री समेत भईसक्नु भएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?