Saturday May 08, 2021

आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौ उपस्थित गराइँदै

१३ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1408


आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौ उपस्थित गराइँदै

 

शीतलपाटीन्युज डटकम।
काठमाण्डाै। गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन्।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदार सहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएको कुरा परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो।

आस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौ उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियो समेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौलेले अनुमति दिएपछि प्रहरीले गएकाे माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?