Monday July 13, 2020

सशस्त्रका पांच एसएसपी डिआईजी बढुवाका लागी सिफारीस

१४ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1159


सशस्त्रका पांच एसएसपी डिआईजी बढुवाका लागी सिफारीस

शीतलपाटीन्युज डटकम।

काठमाडौं। सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा अघि बढेको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबर बसेको बढुवा समितिको वैठकले सशस्त्रका ५ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गरेको हो ।

बढुवा हुनेमा पुरानो ब्याचका एसएसपीहरु रहेका छन् । बढुवाका लागी नयां व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो । बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

 वरियतामा अघि भएपनि डिआईजीमा बढुवा हुन आवश्यक पर्ने हाई लेभल म्यानेजमेण्ट तालिम नहुंदा एसएसपी हरिशचन्द्र अधिकारी बढुवा हुनबाट वंचित भएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?