Monday July 13, 2020

नेपालमा लगानी अवसरका बारेमा लण्डनमा राउण्ड टेबल छलफल सम्पन्न

१४ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1210


नेपालमा लगानी अवसरका बारेमा लण्डनमा राउण्ड टेबल छलफल सम्पन्न

बाचस्पति रेग्मी।
लन्डन। साउथ एसिया टाइम डटकम, इन्टरनेशनल सोलीड्यारिटी फर नेपाल तथा हिमालयन डिभलपमेन्ट इन्टरन्याशनलले आइतबार लन्डनको पट्नीमा नेपालमा लगानी बिषयमा राउण्ड टेवल छलफलको आयोजना गर्यो ।


साउथ एसिया टाइम डटकमको पहिलो बर्षगाठका अवसरमा आइतबार लन्डनको पट्नीमा भव्य आयोजना भयको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालमा राजनीतिक अस्थिरता छ, लोडसेडिंग छ, लगानीको वातावरण छैन्, सुरक्षा छैन भन्ने जस्ता कुरा अब भन्ने अवस्था नरहेको बताउनु भयको छ। बिबीसी नेपाली सेवा पुर्व कर्मचारी भगीरथ योगीले संचालन गर्नु भयको राउण्ड टेवल छलफलमा प्रमुख अतिथीको आसनबाट बेल्दै सो कुरा बताउनु भयको हो।डा सुबेदीले सम्बोधन गर्दै नेपालको संविधान पूर्ण लोकतान्त्रिक र संसारकै उत्कृष्ट मध्ये एक भएको पनि बताउनु भयको थियो। ‘हाम्रो संविधान लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेको उत्कृष्ट संविधान हो’, उनले थप्नु भयो । “मानवअधिकार प्रत्याभूति, नागरिक र नारी अधिकार, सीमान्तकृतहरुको अधिकार, न्यायपालिका तथा प्रेस स्वतन्त्रता, आर्थिक सामाजिक न्यायका सवाल आदिमा नेपालको संविधानलाई उत्कृष्ट भन्न हिच्किचाउनु पर्ने छैन” भन्ने कुरा उहाले स्पष्ट पार्नु भयको थियो।साथै बिदेसी नियोग प्रमुख र बिदेशी राजदुतहरुले नेपालका बारेमा बोल्न पर्दा संबिधानको दस्ताबेज अत्यन्त उत्कृष्ट रहेको बताएको कुरा समेत उल्लेख गर्नु भयको थियो।


“नेपालमा व्यवसाय, विकास र मानव अधिकार” विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपाललाई आपतविपत पर्दा बेलायतमा बसोबास गरिरहेका नेपालीहरूले मुठी खोलेर सहयोग गरेको बताउंदै राजदूत डा. सुवेदीले बेलायतको प्राज्ञिक, वौद्धिक वर्गले नेपालको समृद्धिमा सहयोग गर्न जरुरी रहेको पनि बताउनु भयको थियो।

कार्यक्रमको शुरुमा गैर आवासीय नेपाली संघ आइसीसीका सल्लाहाकार एवम निवर्तमान उपाध्यक्ष कुल आचार्य, गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङले संबोधन गर्नु भयको सो कार्यक्रममा साउथ एसिया टाइम परिवारलाई एक वर्ष पुरा गरेको अवसरमा बधाई तथा शुभकामना दिनु भयको थियो।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा.कपिल रिजाल, बेलायतको हडर्सफिल्ड विश्व विद्यालयमा अन्तर्राष्ट्रिय मामिला हेर्ने सहायक डिन प्राध्यापक पदम सिम्खडा, युनिभर्सिटी कलेज लन्डनकी रिसर्च फेलो डा. पूनम यादव, बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का र हिमालयन डिभेलपमेन्ट इन्टरन्याशनलका कार्यकारी निर्देशक प्रकाश खनाल समेतले कार्यक्रममा नेपालको बिकासका लागी नया अवधारणा प्रस्तुति गर्नु भयको थियो।

‘नेपालको उच्च शिक्षामा निजीकरण’ विषयमा प्रस्तुति दिंदै प्राध्यापक पदम सिम्खडाले नेपालमा हाल उच्च शिक्षा लिइरहेका ३६१,००० विद्यार्थी हरु मध्ये १२१,००० सरकारी कलेजहरुमा र १२८,००० निजी कलेजहरुमा पढी रहेको बताए। उनले सरकारले उच्च शिक्षामा ०.४ प्रतिशत मात्रै लगानी गरिरहेको भन्दै त्यो दक्षिण एसियाली स्तरमै न्यून रहेको बताए। नेपालमा जम्मा १२१,००० विद्यार्थीहरु सरकारी कलेजहरुमा पढी रहंदा अहिले झन्डै ६५,००० नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको र अध्ययनकै लागि ४० अर्ब रुपियाँ देशबाट बाहिरिएको पनि स्पष्ट पारे। प्रा. सिम्खडाले नेपालमा कलेजको संख्या बढाएर मात्रै विदेश जाने विद्यार्थीलाई रोक्न नसकिने बरु यसका लागि देश भित्रै आर्थिक विकास गरी आयआर्जन र रोजगारीका अवसरहरु बढाउनु पर्ने सुझाव पनि दिए। उनले सही सरकारी नीति र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने नेपाल उच्च शिक्षामा दक्षिण एसियाकै हब बन्न सक्ने सम्भावना रहेको पनि जनाए।तर शैक्षिक संस्था संचालन गर्दा राजनैतिक भागबण्डा गर्दै चान्सलर, डिन नियुक्ती गर्दा शिक्षा क्षेत्र धरासयी हुने बिचार प्रस्तुत भयको थियो।


बेलायत बसोबास गर्ने शिक्षा क्षेत्रका उच्च बर्ग, उच्च ब्यापारीक बर्ग र उच्चस्तरका समाजसेवी उपस्थीत रहेको सो कार्यक्रम साउथ एसिया टाइमका कार्यकारी सम्पादक तथा इन्टरन्याशनल सोलीड्यारिटी फर नेपालका अध्यक्ष डा. कृष्ण उपाध्यायले छलफलमा सहजकर्ताको भूमिका निर्वाह गर्नु भयको र साउथ एसिया टाइमका सम्पादक तथा प्रकाशक जगन कार्कीले सबै सहभागी तथा प्रस्तोताहरुलाई धन्यवाद दिनु भयको सो कार्यक्रममा कान्तीपुर संवाददाता एवम वीनेपालीका सम्पादक नविन पोखरेल, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको उपस्थिती थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?