Saturday October 24, 2020

आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीमले भाग लिदै

१९ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1397


आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीमले भाग लिदै

शीतलपाटीन्युज डटकम।
पोखरा। मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै १८औँ संस्करणको आहा रारा फुटवल फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा नै गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिएका छन। प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा नै गर्ने तयारी गरिएको छ।

 



प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए। प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।

क्याराभान गोल्डकपसहित १९ वर्षदेखि यो प्रतियोगिता आयोजना हुुँदै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने क्लबका अध्यक्ष थापामगरले बताए। एकेडेमीको तेस्रो ब्याचमा हाल १५ जिल्लाका २४ बालकहरु आश्रित छन्।




मतहरू

Victorblert

Vyjoae ssvfqk tadalafil vs sildenafil intensively and Hypotensive Eye other through its absorption serum, after.

JamesHip

this has does generic viagra peg away been cialis online Otihov lsbucu cialis pro cialis prescription online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?