Wednesday April 08, 2020

बेलायतमा मारूनी सो हुदै: नायिका साम्राज्ञी पनि आउदै

२१ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1240


बेलायतमा मारूनी सो हुदै: नायिका साम्राज्ञी पनि आउदै

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली चलचित्र ‘मारुनी’ अब बेलायतका दर्शकमाझ प्रदर्शन गरिने भएको छ ।चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह बेलायत आउने भएकी छन् । साम्राज्ञीका साथ निर्मात्री पुनम गौतम पनि लन्डन आउने भएकी हुन्।

 


मारुनी’ अल्डरसटको एम्पायर हलमा फेब्रुअरी २३ आइतबार सांझ ५ बजे प्रदर्शन गरिने एनआरएनए यूके उपाध्यक्ष सुनिल खड्काले जनाएका छन । उक्त फिल्म प्रदर्शनका लागि व्यक्तिगत रुपमा सक्रिय खड्काले विदेशमा नेपाली फिल्म प्रवर्धन गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

खड्काले फिल्म हेर्न ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश मिलाइएको जनाउंदै बेलायतमै हुर्किएका दोश्रो पुस्तालाई पनि फिल्ममार्फत नेपाली भाषा र कला अवगत गराउन आव्हान गरे ।


नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी छिन्। फिल्मको कथा निर्देशक नेपाल र गोविन्द फुयालको रहेको छ। फिल्मलाई संजय लामाले छायांकन गरेका छन् भने मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।

फिल्म ‘मारुनी’मा पुष्प,साम्राज्ञी र रेविकासंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?