Thursday July 02, 2020

सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड प्रतियोगिताका लागि अपिल

२२ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1596


सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड प्रतियोगिताका लागि अपिल

शीतलपाटीन्युज डटकम।

पोखरा। हामी क्रस कन्ट्री दौडप्रतियोगिताको अन्तिम तयारीमा छौं । दौड हुने रुटको सम्पूर्ण तयारी भइसकेको छ । अथिति र खेलाडीलाई स्वागत गर्न सात सय कोल्मा बाहाकोटेहरु तम्तयार अवस्थामा छन् । कोल्मा बहाकोट सम्पर्क मञ्चले अन्तिम तयारीको कसरत गरिरहेको छ ।

पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र तनहुँ शुक्लागण्डकीको राइपुरसमेत जोडेर हुने माघ २५ गते हुने यो दौड प्रतियोगिताले गाउँमा आकर्षणमात्रै बढाउँदैन । त्यहाँको सम्भावना पनि पक्कै उजागर हुनेछन् । धेरैभन्दा धेरै धावक सहभागी गराउन हामी हरतरहले लागि परेका छौं। अझै एक पटक यो अभियानमा सामेल हुन सम्पूर्णमा अनुरोध छ। संघीय सांसद नारायण मरासिनी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, महानायक राजेश हमाल, सांसदहरु मीनप्रसाद गुरुङ, भागवतप्रकाश मल्ल, राजीव गुरुङ (दीपक मनांड्गे) पूर्व सांसद राजु थापा लगायत थुप्रै विशिष्ठ अथिति र राष्ट्रियस्तरमा ख्यातिप्राप्त विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु कोल्मा बहाकोट क्रसकन्ट्री दौड प्रतियोगिताका पाहुना हुनुहुन्छ ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा ‘‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि दौड” नारासहित यही माघ २५ गते हुन लागेको दोस्रो क्रस कन्ट्री दौड प्रतियोगिताले एउटा इट्टा थप्ने छ। प्राकृतिक तथा सांस्कृतिक रुपमा धनी कोल्ममा हुने यो प्रतियोगिताले सरकारको लक्ष्यलाई सघाउ पु-याउने विश्वास लिएका छौं ।

गाउँदेखि सहरसम्म जोड्ने र गाउँलाई फेरि एक पटक जुर्मुराउने यो महाअभियानमा सहयोगी बन्न आह्वान गर्दछु। आफ्नो देश, समाज र गाउँको माटोमा भइरहेको यो विशेष कार्यक्रमले सात सय कोल्मा बाहकोटवासी हुनुमा अपनत्व बढाउने छ । त्यसैले माघ २५ गते बिहान कोल्मा बराहचौरमा हार्दिक निमन्त्रणा गर्दछौं ।

लालबहादुर गुरुङ (LBZ)

परिकल्पनाकार




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?