Monday July 13, 2020

सफल पोखरा अन्तराष्ट्रिय म्याराथन भब्य मनाउन बिदेशी सहभागी पोखरेली मंच युके संयोजक मंजु गुरूङ राईलाई आज पोखरामा स्वागत

२९ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1368


सफल पोखरा अन्तराष्ट्रिय म्याराथन भब्य मनाउन बिदेशी सहभागी पोखरेली मंच युके संयोजक मंजु गुरूङ राईलाई आज पोखरामा स्वागत

शीतलपाटीन्युज डटकम।
पोखरा। १४ औ संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई नेपाल भ्रमण वर्ष २०२० संगै मनाउन बिदेशी सहभागी पोखरेली मंच युकेको तर्फबाट संयोजक मंजु गुरूङ राई आज पोखरा आई पुग्नु भयको छ ।


यहि फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिंदै बेलायतबाट पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ उपाध्यछ वाचस्पति रेग्मी र संयोजक मन्जु गुरूङ लगायत अन्य सदस्य र शुभेच्छकहरु यति बेला पोखरा आइपुगी सक्नु भयको छ।



पोखरेली मञ्च यू.के म्याराथनको आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । पोखरा म्याराथनलाई गति दिन पोखरेली मञ्च यूकेले ठूलो भुमिका समेत निर्वाह गरिरहेकै बेला उक्त संस्थाको तर्फबाट म्याराथनलाई सफल बनाउन संयोजकको जिम्मेवारी पाएकी मञ्जु गुरुङ आज पोखरा आइपुग्दा भब्य स्वागत गरीयो।


पोखरा आइपुगेकी मञ्जुलाई भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब खेम गुरुङ, कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठ, सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा युकेका महासचिब धनु थकाली लगायतले पोखरा विमानस्थलमा स्वागत गरीएको थियो।

पोखरा आइपुगकेकी मञ्जुले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन । उनले भनिन–“मलाई बेलायत बाट पोखरा म्याराथनले बोलायो ।” गत वर्ष समेत क्यान्सर विरुद्धको च्यारिटी दौडमा सहभागी रहेकी मञ्जु यस वर्ष पनि आफ्नो १० किलोमिटर दौडलाई निरन्तरता दिने समेत बताइन।
(फोटो: केशव पाठक)
 




मतहरू

viagra online without prescription

buy cheap generic viagra [url=https://viagenupi.com/#]viagra online without prescription[/url] sildenafil vs viagra viagra online without prescription viagra in canada


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?