Wednesday April 08, 2020

मेजर खुसीमान गुरुङले मीतेरी वार्षिकोत्सवको अवसरमा मुटु रोगी विकलाई रु. १ लाख रुपैँया सहयोग

१ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1170


मेजर खुसीमान गुरुङले मीतेरी वार्षिकोत्सवको अवसरमा मुटु रोगी विकलाई रु. १ लाख रुपैँया सहयोग

शीतलपाटीन्युज डटकम।

पोखरा। धम्पुस ब्रेकनको मितेरी सम्बन्धको प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईयो। उक्त अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुसमा निशुल्क स्वास्थ्य जाँच पनि गरिएको थियो।

मितेरी सम्बन्धले स्थानीयको मात्र नभएर मुलुकको विकास प्रवद्धनका लागि ठूलो टेवा पुग्ने विश्वास माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले ब्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य, शिक्षाका साथमा विभिन्न विकासको योजनाको तयारी हुदैछ। २५ हजार जनसंख्या बसोबास रहेको गाउँपालिकामा १ सय ३० जनालाई प्राणघातक रोग लागेकालाई गाउँपालिका कार्यालयले सिफारिस गरिएको र जसमध्य ६० प्रतिशत क्यान्सर रोग देखिएको छ। रोग लाग्नबाट बच्नका लागि जंकफुडलाई निरुत्साहित गरि विषादी रहित स्वास्थ्यकर तथा गुणस्तर खानामा जोड दिनु पर्ने बारे उहाँले आग्रह गर्नुभयो ।

उत्सवको अवसरमा धम्पुस निवासी मुटु रोगबाट ग्रसित राजकुमार विकलाई बेलायतदेखि पठाएको नगद रु. १ लाख रुपैँया धम्पुस ब्रेकनको मितेरी सम्बन्धका सद्भावनादुत मेजर खुसीमान गुरुङले हस्तान्तरण गर्नुभएको थियो । सोही समयमा ब्रेकन, वेल्स, युकेमा पनि धम्पुस ब्रेकनको मितेरी सम्बन्धको प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाई रहेको मेजर गुरुङले जानकारी दिनु भयो ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसका वडा अध्यक्ष समबहादुर गुरुङ, धम्पुस ब्रेकनको मितेरी सम्बन्धका सद्भावनादुत मेजर खुसीमान गुरुङ, सह–संयोजक विष्णु क्षेत्री, सल्लाहकार दलबहादुर गुरुङ, चितवन भरतपुर क्यान्सर अस्पतालका, डाक्टर अयोद्धा पाठक लगायतले स्वास्थ्यका लागि आफै सचेत हुनुपर्नेबारे जोड दिनुभएको थियो। कार्यक्रममा अन्नपूर्ण माबीका छात्राहरु र स्थानिय आमासमुहहरुले सुन्दर सामुहिक नृत्य प्रस्तुत् गरेका थिए भने कार्यक्रम संचालन थाहा फाउन्डेसनका संरक्षक यदु अधिकारीले गरेका थिए। (https://chhyajalonews.com)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?