Tuesday June 02, 2020

एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङलाई पोखरा म्याराथन आयोजकद्वारा भब्य स्वागत

१ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1308


एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङलाई पोखरा म्याराथन आयोजकद्वारा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
पोखरा। गैर आवाशिय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङलाई आज पोखरा विमानस्थलमा भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले भब्य स्वागत गर्नु भयो। १४ औ सफल पोखरा अन्तराष्ट्रिय म्याराथन सफल बनाउन एनआरएन युकेको प्रतिनिधीत्व गर्दै उहा पोखरा आइपुग्नु भयको हो। सो अवसरमा पत्रकारहरू संग बोल्दै पर्यटकिय हिसावले र राष्ट्रिय, अन्तराष्ट्रिय हिसावले पोखरा म्याराथन सफल गराउने सबैको दायित्व भएकोले म पनि यो मिसन सफलतापुर्वक सम्पन्न गर्न आयको बताउनु भयको छ।


पोखरा म्याराथनमा सहभागी हुन बेलायतका गैर आवासिय नेपालीहरुको नेतृत्व गर्दै पोखरा आउनु भएकी अध्यक्ष गुरुङले पोखरा विमानस्थलमा ओर्लिए पछि पोखरा म्याराथनमा सहभागि हुन आफु आईपुगेको बताउदै पोखरा म्याराथन जस्तो गौरव खेलको अभियानमा जुट्न र सफल बनाउन आआफ्नो ढङ्ग बाट सहयोग गर्नुपर्ने बताउनु भयो ।


पोखरा म्याराथनमा आफूपनि सहभागि हुने र दौडने अभियानका साथ पोखरा आएको बताउँदै बेलायतबाशी नेपालीहरुको सहयोग सराहनिय रहेको अध्यक्ष गुरुङले बताउनु भयो। नेपाल भ्रमण वर्ष २०२० का लागि बेलायतको संयोजक समेत रहेकी गुरूङले सफल पोखरा म्याराथनलाई  जति सक्दो प्रचार प्रसार ब्यवस्थित बनाउन सक्यो त्यती धेरै विदेशीहरु नेपाल भ्रमण गराउन सकिने र भिजीट नेपाल २०२०सफल हुने हुदा सबैको उत्तिकै सहयोग र सहकार्यको खाँचो रहेको समेत उल्लेख गर्नु भयको थियो। पोखरा म्याराथनमा एनआरएन युकेको तर्फबाट एक लाख नेपाली सहयोग गर्ने अठोट गर्दै गत बर्ष पनि एक लाख सहयोग भयको बताउनु भयको थियो।


एनआरएन अध्यक्ष गुरुङ सगै उहाको श्रीमान बेलायतको प्रतिष्ठित संस्था तमु धिं एसोसियसन युकेका पूर्व अध्यक्ष कमल गुरूङ र बुवा आमा लगाएत परिवार नै पोखरा म्याराथनमा सहभागि हुन आउनु भएको हो। एनआरएन जस्तो गौरवमयी संस्थाको अध्यक्ष पोखरा आउनुले पनि विदेशमा रहेका सबै गैर आवाशिय नेपालीहरु माझ सकारात्मक सन्देश प्रवाह गरेको अध्यछ्य तेज गुरूङले बताआउनु भयको छ ।

साथै सहारा युकेका प्रमुख सल्लाहाकार एवम भुतपुर्व खेलाडी मञ्चका संस्थापक महेश गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, पोखरा म्याराथनका लागि मञ्चका तर्फ बाट मुल समितीकी संयोजक रहेकी मञ्जु गुरुङ, पोखरेली मञ्चका उपाध्यक्ष पुर्व डिएसपी वाचस्पती रेग्मी, सामाजिक अभियान्ता योगेश गुरुङ लगाएत अध्यक्ष गुरुङलाई स्वागत गर्न पोखरा विमानस्थलमा पुगेका थिए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?