Saturday February 22, 2020

एनआरएन यूके र सहारा यूकेको टोलीलाई सहारा क्लव पोखराद्वारा स्वागत

२ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1331


एनआरएन यूके र सहारा यूकेको टोलीलाई सहारा क्लव पोखराद्वारा स्वागत

शीतलपाटीन्युज डटकम।
पोखरा। १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन आएको गैर आवाशिय नेपाली संघ यूके र सहारा क्लब पोखराको भातृ संस्था सहारा युकेको टोलीलाई पोखरा बसपार्क स्थीत सहारा क्लव पोखराले स्वागत गरेको छ। एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ सहित पुगेको टोलीलाई क्लबका अध्यक्ष केशव बहादुर थापा लगाएतका क्लबका पदाधिकारीले भेटघाट गरि खादा लगाई स्वागत गरेको हो।


अध्यछ्य थापाले सफल पोखरा म्याराथन,सहारा एकेडेमी, फागुन २२ गते बाट सुरु हुने आहा रारा गोल्डकपको बारेमा जानकारी दिनु भयको थियो। सो अवसरमा एनआरएनए युकेकी अध्यक्ष गुरुङले खेलकुदको विकास संगै सामाजिक अभियानमा सहाराले गरेको कार्यको प्रशंसा गर्नु भयको थियो। खेलकुदका साथसाथै खेलाडीको उत्पादन र भिजीट नेपाल २०२० सफल पार्न गरेका कार्यको प्रशंसा गर्नु भयको थियो।


साथै सो अवसरमा पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, सहारा युकेका महासचिब धनु थकाली, संस्थाका प्रमुख सल्लाहकाकार महेश गुरुङ, संस्थाका सचिब पुर्व डिएसपी वाचस्पती रेग्मी, सफल पोखरा म्याथन संयोजक एवम कार्य समिती सदस्य मञ्जु गुरुङ, योगेश गुरुङ,भोज गुरुङ,सल्लाहकारहरु लोक बहादुर गुरुङ, चन्द्रमान गुरुङ, नरजङ गुरुङ, तमुधिं युकेका पुर्व अध्यक्ष कमल गुरुङ,पूर्व खेलाडी तथा प्रशिक्षक भुपु कर्णेल मणिन्द्र गुरुङ र उनकी श्रीमती ईन्द्रा गुरुङ, घोताने समाज युकेका महासचीव इन्द्र घोताने लगाएतको उपस्थिती थियो।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?