Friday April 10, 2020

गरिमामय सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई एनआरएन युकेको एक लाख सहयोग

३ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1266


गरिमामय सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई एनआरएन युकेको एक लाख सहयोग

शीतलपाटीन्युज डटकम।
पोखरा । १४ औ संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन आज पोखरामा भब्य सम्पन्न भयो। सफा मौषम बिच सम्पन्न यो दौडमा देश तथा विदेशबाट भब्य सहभागिता रह्यो। यस बर्षको दौडमा नया रेकर्ड अनुसार म्याराथनको पहिलो उपाधि नै जापानका धावकले जितेर नया ऐतिहासीक रेकर्ड कायम भयको छ।

यसै अवसरमा गैरआवासीय नेपाली संघ युकेले विगत देखि नै साथ दिँदै आएको आर्थिक सहयोग यसपटक पनि सहयोग गरेको समाचार छ। भुतपुर्व खेलाडी मंच नेपालका अध्यछ्य तेज गुरूङलाई एनआरएन युके अध्यछ्य पुनम गुरूङले एक समारोह बिच एक लाख नेपाली रूपैयाको चेक हस्तान्तरण गर्नु भयको छ। अझ स्वयम अध्यक्ष पुनम गुरुङ नै म्याराथनमा दौडेर रेकर्ड समेत कायम भयको छ।



एनआरएनए युके अध्यक्ष पुनम गुरूङ सहित एनआरएन युके संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङ, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिँ युकेका उपाध्यक्ष जुमकाजी गुरुङ लगायत दौडमा सहभागी रहेको सो दौडमा सल्लाहकारहरु मानप्रसाद गुरुङ, बाचस्पति रेग्मी, नरजंग गुरुङ, सुस्मिता राई, मञ्जु गुरुङ राई, योगेश गुरुङ, महेश गुरुङ, डा.चन्द्र गुरुङ, धनु थकाली, इन्द्र घोताने लगायतको सहभागिता थियो।

यो अन्तराष्ट्रिय म्याराथनले भिजीट नेपाल २०२० लाई समेत ब्यापक प्रबर्दन गरेको छ। यस बर्ष १२ देशका २७ धावकहरू समावेश भयको पाइएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?