Friday April 10, 2020

बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, राष्ट्रपति र प्रधानसेनापतिसँग भेटवार्ता

६ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1130


बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, राष्ट्रपति र प्रधानसेनापतिसँग भेटवार्ता

शीतलपाटीन्युज डटकम।
कठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।


नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार नेपाल आएका सेनाध्यक्ष स्मिथले प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाध्यक्ष स्मिथले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले पाँचखाल स्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन्।

नेपाल र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?