Friday April 10, 2020

गोर्खा प्यालेसद्वारा पहिलो भिसी कुलवीर थापाको स्मारक बनाउन ४ हजार पाउण्ड घोषणा

७ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1185


गोर्खा प्यालेसद्वारा पहिलो भिसी कुलवीर थापाको स्मारक बनाउन ४ हजार पाउण्ड घोषणा

शीतलपाटीन्युज डटकम।
लण्डन । लण्डन फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा संकलित समेत गरेर ४ हजार पाउण्ड पहिलो भिसी कुलविर थापाको सालिक बनाउन प्रदान गर्ने निर्णय गरेको समाचार प्राप्त भयको छ। गोर्खा प्यालेसले १६ फेब्रुअरी २०२० आइतबार आयोजना गरेको बार्षिक कार्यक्रमबाट संकलित रकममा अरु थपेर ४ हजार सहयोग प्रदान गर्ने घोषणा गरेको हो।


अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम बिश्श्वयुध्दमा घाईते सैनिक साथीहरुलाई बोकेर उद्दार गरे बापत भिक्टोरिया क्रस पदकद्वारा बिभुषीत पहिलो नेपाली कुलबीर थापाको सालिक निर्माण हुंदैछ। गोरखा प्यालेसका संचालक एवम सामाजीक अभीयन्ता सुर्य गुरूङले आफ्नो धारणा राख्दै "मैले जीवनको सबैभन्दा बढि समय करिब २१ वर्ष रसमोर मै बिताए। होम अफ ब्रिटिश गोर्खा भनिने रसमोर अल्डरसटमा पहिलो भिसी विजेताको सालिक बन्न लाग्दा स्वतस्फूर्त सहयोग गर्ने सोच आयो"  नेपाली इतिहास रहदा खुसी लागेको बताउदै उहाले भिसीको सालिक रहनु नेपाल, समस्त नेपाली र गोर्खाको गौरवको विषय भएकाले उक्त प्रोजेक्टलाई सहयोग गर्न अरुलाई पनि अपिल गर्नु भयको छ।

 


स्थानीय रसमोर बरो काउन्सिलकी मेयर सु कार्टरको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा डिष्ट्रिक्ट लिडर डेभिड क्लीफोर्ड, काउन्सिलरहरु लगायत रेष्टुरेन्टका नियमित ग्राहक सहभागी थिए। कार्यक्रममा मेयर कार्टरले गोर्खा सैनिक,रेष्टुरेण्ट खाना र उसको च्यारिटी कार्यको प्रशंसा गरेकी थिइन् भने काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्डले भिसी थापाको सालिक निर्माणमा सहयोग गरेकोमा गोरखा प्यालेस रेष्टुरेन्टलाई धन्यवाद दिएका थिए ।

 


गोर्खा प्यालेसका प्रवन्ध निर्देशक गुरुङकी धर्मपत्नी बबिता गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ६ वर्षीय छोरा साकारले स्वागत मन्तब्य दिंदै सालिक निर्माण र ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउन अपिल गरेपछि मेयर र उपस्थित पाहुना दंग परेका थिए। मेयर सु कार्टरले त मन्तव्यका क्रममा साकारलाई अगाडि बोलाएर उनको तारिफ गर्दै फोटो खिचाएकी थिइन्। स्मरण रहोस्, उक्त सालिकका लागि रसमोर बरोले जग्गा उपलब्ध गराएको र निर्माण सम्पन्न भयपछि रेखदेखको जिम्मा समेत लिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?