Friday April 10, 2020

पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ धरान रनमा सहभागि हुदै

७ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1086


पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ धरान रनमा सहभागि हुदै

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ यहि फागुन १० गते हुने धरान रनमा सहभागिता जनाउने कुरा बताउनु भएको छ।


भुतपुर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि पोखरा आएका अध्यक्ष गुरुङ धरान जाने र धरान रनमा सहभागी हुने भएको हो। धरान रनमा हुने १० किलोमिटर दौडमा आफूले पनि सहभागिता जनाउने उहाले बताउनु भयको छ।

 


पोखरा म्याराथन संगै धरान रनलाई समेत जोडन सके विदेशी खेलाडी संगै खेलकुदलाई माया गर्ने गैर आवाशिय नेपालीहरुलाई पनि आर्कषित गर्न सकिने उहाले जनाउनु भयको हो। पोखरा म्याराथनका लागि ५० जना भन्दा वढी वेलायतबाशी नेपालीहरु सहभागि हुन आउनु भयको जनाउदै अध्यक्ष गुरुङले धरान रनका लागि पनि करिब ४० जना आएको जनाउनु भयको छ।

धरान रनका लागि नेपाल आएका धावकहरु सन्तोष राई, पाण्डब महतो लगाएत पोखरा म्याराथनमा सहभागि भयर  धरान रनको १० किलोमिटर दौडका लागि धरान पुगि सकेको समाचार पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयको छ ।

उहाले –“नेपाल भित्र हुने कुनै पनि म्याराथन लगाएत अन्य दौड प्रतियोगिताहरुलाई जोडेर क्यालेण्डर बनाउन सके अझै उत्कृष्ट हुने बताउनु भयको छ ।”
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?