Friday April 10, 2020

नेपाली राजदूतावास लन्डनद्वारा उत्तरी आयरल्याण्ड बेलफास्टमा घुम्ती सेवा हुदै

७ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1272


नेपाली राजदूतावास लन्डनद्वारा उत्तरी आयरल्याण्ड बेलफास्टमा घुम्ती सेवा हुदै

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली दूतावास लन्डनले आफ्नो सेवा सुविधालाई सर्वसुलभ बनाउने उद्देश्यले विभिन्न सेवामूलक कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समयमा दूतावासले लिएको ‘नो टुमरो’ अर्थात आजको काम आजै गर्ने नीति लगायत विभिन्न स्थानमा गरिने घुम्ती सेवाले बेलायातवासीहरुले सहजता महशुस गर्दै आएका छन् ।

यहि २४ फेब्रुअरी सोमबारका दिन दूतावासले नर्दन आयरल्याण्डमा घुम्ती सेवा संचालन गर्ने भएको छ । भिसा, राहदानी, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका सेवाहरु उपलब्ध गराउने दुतावासले जनाएको छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्पन रेष्टुरेन्ट बेलफाष्टमा संचालन गरिने सो घुम्ती सेवामा दूतावासका तर्फबाट द्वितीय सचिव लव सुवेदी र बल बहादुर थापाद्वारा सेवा प्रदान गर्न खटी जाने कार्यक्रम छ।

इच्छुक महानुभावहरुले उपस्स्थित भएर सेवाको फाइदा लिन दूतावासले अनुरोध गरेको छ । गत हप्ता पनि प्रजातन्त्र दिवसको विशेष कार्यक्रमका लागि मिडल्याण्डस्थित नटिङ्घम पुगेको दूतावस टोलीले घुम्ती सेवा र प्रजातन्त्र दिवस समेत मनाएको थियो ।

 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?