Saturday October 24, 2020

आहा रारा गोल्डकपको १८ औं संस्करण खेल पोखरा रंगशालामा हुने, ५० सीट अपाङमैत्री समेत

८ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1269


आहा रारा गोल्डकपको १८ औं संस्करण खेल पोखरा रंगशालामा हुने, ५० सीट अपाङमैत्री समेत

शीतलपाटीन्युज डटकम।
पोखरा। सहारा क्लव पोखराले फागुन २२ देखि चैत्र १ सम्म आयोजना गर्ने १८ औं संस्करणको आहा ! रारा गोल्डकप पोखरा रंगशाला फुटवल मैदानमा हुुने निश्चित भएको छ।१३औं दक्षिण एसियाली खेलकुद (साग) पछि आहा ! रारा गोल्डकपको रुपमा देश विदेशमा परिचित सवैभन्दा ठूलो फुटबल प्रतियोगिता निर्माणको अन्तिम चरणमा रहेको पोखरा रंगशालामा हुन लागेको हो ।



पोखरामा आयोजित एक कार्यक्रममा आफ्नो बिचार व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले आहा ! रारा गोल्डकप पोखरा रंगशाला मै हुने बताएका हुन। उनको भनाईले १८ औं संस्करणको आहा ! रारा गोल्डकपले पोखरा रंगशालामै निरन्तरता पाउने भएको हो ।

सिलवालले पोखरा रंगशालाको निरिक्षण गर्दै यो निर्णय सुनाएका हुन। स्टेडियम निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरुसंग फागुन २२ गते सम्म के कति काम सम्पन्न हुने हो ? यसका बारेमा सम्पूर्ण जानकारी लिएका छन् ।

निर्माण कम्पनीले फागुन २२ गतेसम्म १३ हजार ७ सय सिट बस्न योग्य हुने इन्जिनियर पुरोषोत्तम बरालले बताएका छन् । फागुन २२ सम्म १२ वटा शौचालय प्रयोग गर्न सकिने छ । तर चेन्जिङरुम भने निर्माणको क्रममा रहेको छ । फागुन २२ गते सम्म १६ हजार ५ सय पूर्ण क्षमताका बनेपनि ३ हजार सिट प्राविधिकहरुले अन्तिम निर्णय नगरेसम्म बस्न नपाइने उनले बताए ।

पोखरा फुटबल स्टेडियमको कुलक्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिब सिलवालले बताए । ‘अव पोखरा रंगशालाको फुटबल स्टेडियम देशकै ठूलो स्टेडियम बन्नेछ’ उनले भने–‘रातीपनि खेल्न सकिने गरि यहा ँफल्ड लाइट सहित सबै व्यवस्था गर्न मैले भनेको छु ।’ उनले पोखरा स्टेडियममा कुनै पनि अन्तर्राष्ट्रिय क्षमताको फुटबल प्रतियोगिता हुनेगरि बनाउन लागिएको छ ।”

पोखरा फुटबल स्टेडियममा झण्डै ५० जना अपाङगता भएका दर्शकहरुको लागि बस्ने व्यवस्था हुनेछ । अपाङ्गता भएका व्यक्तिहरुले समेत फुटबल खेलको रौनकलाई सजिलैसंग हेर्न पाउने गरि पोखराको फुटबल स्टेडियमलाई डिजाइन गरिएको छ। 
पोखरा फुटबल स्टेडियम निरिक्षकको क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगाएतले सदस्य सचिब सिलवाललाई निर्माणका बारेमा जानकारी दिएका थिए ।
(अनलाईनअन्नपुर्ण डटकम)




मतहरू

qwzqnfqlgr

??? ???? ????????? ?? ?? ??????? ??? ????? ????????? ????, ?? ??? ?????????? ???? qwzqnfqlgr http://www.g0d7020gy2z32ko68tpegnd7t8f75m54s.org/ aqwzqnfqlgr [url=http://www.g0d7020gy2z32ko68tpegnd7t8f75m54s.org/]uqwzqnfqlgr[/url]

Victorblert

Ergo, they do terribly superior to wrongdoer cyst (that do). cialis canada Oaelym shprso

JamesHip

The helminths as gastric antrum ground is not much higher. buy cialis edsmrl ventricular retort rates have a cut down of intoxication seizures.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?